काठमाडौं– मेट्रो मार्केटले काठमाडौंको जोरपाटीमा नयाँ आउटलेट सञ्चालनमा ल्याएको छ। यसअघि दोस्रो शाखा ललितपुरको सानेपामा विस्तार गरेको मेट्रो मार्केटले जोरपाटीमा तेस्रो आउटलेट सञ्चालनमा ल्याएको हो। मेट्रो मार्केटको पहिलो शाखा काठमाडौं पेप्सीकोलास्थित सनराइज चोकमा रहेको छ।
सहरी क्षेत्रमा बसोबास गर्ने मानिसको व्यस्ततालाई दृष्टिगत गरी एउटै छानामुनि १० हजार बढी प्रकारका वस्तु सुपथ मूल्यमा उपलब्ध गराउने मेट्रो मार्केट ग्राहकबीच लोकप्रिय बनेकाले छोटो समयमै शाखा विस्तार गर्न सफल भएको कम्पनीले बताएको छ।
मेट्रोले महिलाका आवश्यकता र दैनिकीसँग जोडिएका वस्तुलाई पनि प्राथमिकतामा राखेको छ। राजधानीका विभिन्न २० स्थानमा आउटलेट सञ्चालनमा ल्याउने उद्देश्य रहेको सीईओ अमरेशकुमार सिंह बताउँछन्।
मेट्रो मार्केटमा खाद्यान्न, तरकारी, माछामासुदेखि लत्ताकपडासम्मका वस्तु खरिद गर्न सकिनेछ। खाद्यान्न, बेकरी, ताजा फलफूल र तरकारी, फ्रोजन मासु, मदिरा, बच्चाका लत्ताकपडा, जुताचप्पल महिलाको नाइट ड्रेसलगायतमा घरायसी भान्सामा प्रयोजन प्रयोग हुने सम्पूर्ण सामान जोरपाटी आउटलेटबाट खरिद गर्न सकिने कम्पनीले बताएको छ।