मंगलबार, असार २४, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • शोधनान्तर २० अर्ब बचतमा, प्रत्यक्ष वैदेशिक लगानी ४ महिनामा जम्मा ४३ करोड

शोधनान्तर २० अर्ब बचतमा, प्रत्यक्ष वैदेशिक लगानी ४ महिनामा जम्मा ४३ करोड

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १५० अर्ब ३८ करोड रुपैयाँले घाटामा थियो।
 |  बिहीबार, मंसिर २९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २९, २०७९

काठमाडौं– चालू आर्थिक वर्षको पहिलो ४ महिनामा शोधनान्तर २० अर्ब ३ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १५० अर्ब ३८ करोड रुपैयाँले घाटामा थियो। अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब २७ करोड डलरले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १४ करोड ९६ लाख डलरले बचतमा रहेको छ। 

बिहीबार राष्ट्र बैंकले जारी गरेको देशको वर्तमान आर्थिक स्थिति प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको चार महिनामा विदेशी विनिमय सञ्चिति असार मसान्तको तुलनामा ३.३ प्रतिशतले वृद्धि भई १० खर्ब ९१ अर्ब २२ करोड रुपैयाँ पुगेको छ। गत असार मसान्तसम्म देशमा १० खर्ब ५६ अर्ब ३९ करोड रुपैयाँ विदेशी विनिमय सञ्चिति थियो। २०७९ कात्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, चालू आर्थिक वर्षको पहिलो चार महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ९.७ महिनाको वस्तु आयात र ८.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले बताएको छ। त्यसैगरी नेपालमा गत ४ महिनामा खुद प्रत्यक्ष वैदेशिक लगानी जम्मा ४३ करोड रुपैयाँ भित्रिएको छ। अघिल्लो वर्षको सोही अवधिमा खुद प्रत्यक्ष वैदेशिक लगानी ६ अर्ब ६३ करोड रुपैयाँ भित्रिएको थियो।

प्रकाशित: Dec 15, 2022| 16:20 बिहीबार, मंसिर २९, २०७९
प्रतिक्रिया दिनुहोस्