काठमाडौ– चालू आर्थिक वर्षको ४ महिनामा नेपाल भित्रने रेमिट्यान्समा २०.४ प्रतिशतले वृद्धि भएको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको चौथो मासिक वित्तीय विवरणअनुसार ४ महिनामा नेपालमा ३ खर्ब ७८ अर्ब ४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो। अघिल्लो वर्षको सोही अवधिमा नेपाल भित्रने रेमिट्यान्स ७ प्रतिशतले घटेको थियो ।
यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत(नयाँ) लिने नेपालीको संख्या १०२.५ प्रतिशतले वृद्धि भई १ लाख ९५ हजार १९६ पुगेको छ। त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या ४६.४ प्रतिशतले वृद्धि भई ८७ हजार ४२८ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २४९.१ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।