मंगलबार, असार २४, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • नेप्सेमा सूचीकृत कम्पनीका सञ्चालक र व्यवस्थापकले सेयर किनबेच गर्न नपाउने

नेप्सेमा सूचीकृत कम्पनीका सञ्चालक र व्यवस्थापकले सेयर किनबेच गर्न नपाउने

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत कम्पनीका सञ्चालक तथा पदाधिकारीले सेयर खरिदबिक्री गर्न नपाउने भएका छन्।
 |  बुधबार, मंसिर २८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २८, २०७९

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत कम्पनीका सञ्चालक तथा पदाधिकारीले सेयर खरिदबिक्री गर्न नपाउने भएका छन्। 

नेप्सेले बुधबार धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७९ नियम ३८ (१) (क) अनुसार सञ्चालक, कार्यकारी प्रमुख, लेखापरीक्षक, कम्पनी सचिव वा व्यवस्थापन वा लेखासम्बन्धी कार्यमा प्रत्यक्ष रुपमा संलग्न व्यक्तिको सेयर कारोबार रोक्का राख्न निर्देशन दिएको हो। 

सो नियमावली अनुसार तोकिएको पदमा रहेका बेलामा वा सो पदबाट बाहिरिएको एक वर्षसम्म पनि सेयर खरिद वा बिक्री गर्न नपाइने व्यवस्था छ। यसबाहेक सम्बन्धित कम्पनीको वा त्यसको सहायक कम्पनीको सेयर आफ्नो वा आफ्नो परिवारको सदस्य वा अन्य कुनै व्यक्ति वा त्यस्ता व्यक्तिको नियन्त्रणमा रहेको फर्म, कम्पनी वा संस्थाको नाममा वा अन्य व्यक्तिलाई खरिद बिक्री गर्न गराउन वा हस्तान्तरण गर्न वा लेनदेन गर्न पनि रोक लगाएको नेप्सेद्धारा जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ। 

त्यस्तै नेप्सेले यदि कुनै व्यक्ति उल्लेखित पदाधिकारीमा जान चाहने हो भने आफूसँग भएको सेयर रोक्का गरेर मात्र जिम्मेवारी लिन पनि निर्देशन दिएको छ। 


प्रकाशित: Dec 14, 2022| 18:07 बुधबार, मंसिर २८, २०७९
प्रतिक्रिया दिनुहोस्