मंगलबार, असार २४, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • मादी र पाख्रीबासमा हिमालयन बैंकको साक्षरता कार्यक्रम

मादी र पाख्रीबासमा हिमालयन बैंकको साक्षरता कार्यक्रम

हिमालयन बैंक लिमिटेडले मादी नगरपालिका र पाख्रीबास नगरपालिकामा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ।
 |  बुधबार, मंसिर २८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २८, २०७९

काठमाडौं- हिमालयन बैंक लिमिटेडले मादी नगरपालिका र पाख्रीबास नगरपालिकामा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मादी नगरपालिकामा २३ मंसिर र पाख्रिवास नगरपालिकामा २४ मंसिरमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको बैंकले जनाएको छ।

बैंकको विराटनगरस्थित प्रदेश १ कार्यालय मादी शाखा र हिले शाखाले संयुक्त रुपमा सञ्चालन गरेको कार्यक्रममा ७० जनाको सहभागिता रहेको बैंकले जनाएको छ।

कार्यक्रममा विभिन्न वडाका अध्यक्ष तथा सदस्यहरु, राजनितिक दलका प्रतिनिधिहरु, विद्यालयहरुका शिक्षकहरु, शिक्षा शाखा प्रमुख, व्यवसायिक, विद्यार्थीहरु तथा महिलाहरु गरी करिब ७० जनाको उत्साहजनक उपस्थिति रहेको थियो।

प्रकाशित: Dec 14, 2022| 17:39 बुधबार, मंसिर २८, २०७९
प्रतिक्रिया दिनुहोस्