काठमाडौं- विश्वमै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले मिड रेन्जको २०२२ कै सबैभन्दा प्रिमियम स्मार्टफोन नेपालमा ल्याउने भएको छ। भारतमा निकै रुचाइएको यो फोन नेपालमा आउन लागेको रियलमी १० प्रो सिरिजकै पहिलो फोन रहेको कम्पनीले जनाएको छ।
यसको कारण हो यसको आकर्षक डिजाइन। रियलमी १० प्लस प्रो फाइभजी नाम दिइएको यो स्मार्ट फोनको कर्भ्ड डिस्प्ले झट्ट हेर्दाखेरि अत्यन्तै आकर्षक र स्टाइलिस देखिन्छ। डिस्प्ले टेक्नोलोजी सुधार्नमा मात्र लगभग साँढे एक करोड खर्च गरिएको कम्पनीले जनाएको छ।
यो फोनको अर्को आकर्षक पक्ष भनेको यसको डाइमेन्सिटी १०८० फाइभजी चिपसेट हो जुन नेपालमै पहिलो भएको र यो सेगमेन्टकै बेस्ट भएको दावी कम्पनीको छ।
त्यस्तै रियलमी १० प्लस प्रो फाइभजी लाई अघिल्ला सेटहरु भन्दा अझै बढी टिकाउ बनाउन विशेष तरिकाले डिजाइन गरिएको ०.६५ एमएमको सेकेन्डरी टेम्पर्ड ग्लासको प्रयोग गरिएको छ जुन अत्यन्तै बलियो हुन्छ। त्यस्तै स्मार्ट फोनहरुको ग्लासको मजबुती जाँच गर्न गरिने वान मिटर ड्रप टेस्ट पनि पास गरेको हुँदा १० प्रो प्लस फाइभजी ड्रप रेसिस्टान्ट पनि छ।
१०८० को मिडिया टेक डाइमेन्सिटी सिपियु भएको यस रियलमी १० प्रो प्लस फाइभजी मा गेमर्सहरुको लागि विशेष गरी फोरडी गेम भाईब्रेसन मोटर पनि राखिएको छ। सफ्टवेयरको कुरा गर्दा यसमा लेटेस्ट एन्ड्रोइड १३ र यु आइ ४.० रहेको छ। यसमा १०८ एमपिको मेन सेन्सर लगायत तीनवटा क्यामरा पछाडिपट्टि राखिएको छ भने ६७ बाट सम्म सुपरभोक चार्जिङ सपोर्ट गर्ने ५००० एमएएचको ब्याट्री रहेको छ।