काठमाडौं- एन्ड्रोइड टिभी ब्राण्ड टीसीएलले नेपालमा गुगल टिभी भित्राएको छ। गूगल टिभी प्रयोगकर्तालाई सहज र सरल तरिकाले टिभी चलाउन मद्धत गर्ने अत्याधुनिक युजर इन्टरफेस/ ओएस हो। यसमा प्रयोगकर्ताले आफ्नो मनपर्ने सामग्री सहज तरिकाले एपहरूमा नगइकन होम स्क्रिनबाट नै सेलेक्ट गरेर हेर्न सक्छन।
गुगल टिभिको प्रारम्भिक सेटअप पछि प्रयोगकर्ताले गुगल टिभीको होम स्क्रिन देख्न सक्नेछन्। होम स्क्रिनमा विभिन्न एपहरू, चलचित्रहरू र टिभी कार्यक्रमको स्लाइड हुन्छन् जुन प्राथमिकताका आधारमा देखाइन्छ।
टीसीएल गुगल टिभी परम्परागत स्मार्ट टिभी भन्दा एक कदम अगाडि रहेको समेत टीसीएलको भनाइ छ। यसमा गुगलप्ले स्टोरका साथै प्यारेन्टल कन्ट्रोल, स्मुथनेस र इन्हेन्सड युजर इन्टरफेरेन्सहरु रहेको छ। जसले गर्दा प्रयोगकर्ताहरुले टिभी चलाउँदा सहज र सजिलो महसुस गर्ने समेत बताइएको छ। यस बाहेक गुगल टिभीले टेलिभिजन अनुभव सुधार्न क्रोमकास्ट र ब्युल्ट इन गुगल एसिस्टेन्टमा पहुँच प्रदान गरेको कम्पनीले जनाएको छ।
नेपालभर टीसीएल ब्राण्डको आधिकारिक बिक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्स अन्तर्गत सीजीईओएल रहेको छ। सीजी इलेक्ट्रोनिक्सले सीजी डिजिटल शोरुम तथा बिक्रेता सञ्जालमार्फत सेवा प्रदान गरिरहेको छ। कम्पनीका सीजी डिजिटल शोरुम काठमाडौंभित्र टंगाल, कुमारीपाटी, बसुन्धरा, जोरपाटी, भक्तपुर राधेराधे, रविभवन, कीर्तिपुर, हात्तिगौडा, त्रिपुरेश्वर, नयाँबजार र काठमाडौं बाहिर इटहरी, हेटौंडा, भरतपुरमा छन्।