मंगलबार, असार २४, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • भूकम्प प्रभावित जिल्लामा इन्टरनेट पुर्‍याउने काम अन्तिम चरणमा

भूकम्प प्रभावित जिल्लामा इन्टरनेट पुर्‍याउने काम अन्तिम चरणमा

प्राधिकरणले १८ प्याकेजमार्फत ७४ जिल्लाका तोकिएबमोजिमका स्थानमा ब्रोडब्यान्ड जडान सम्पन्न गरी सेवा सञ्चालनमा ल्याएको हो।
 |  बुधबार, मंसिर २८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २८, २०७९

काठमाडौं– नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार कोष परिचालन गरी ब्रोडब्यान्ड उपलब्ध गराएको छ। प्राधिकरणले १८ प्याकेजमार्फत ७४ जिल्लाका तोकिएबमोजिमका स्थानमा ब्रोडब्यान्ड जडान सम्पन्न गरी सेवा सञ्चालनमा ल्याएको हो। 

सम्पन्न भएका परियोजनामध्ये हालसम्म १० परियोजनाको ‘मनिटरिङ’ तथा ‘भेररफिकेसन’को कार्य सम्पन्न भइसकेको र आठ परियोजनाको तेस्रो चरणअन्तर्गतको मनिटरिङ र भेरिफिकेसनको कार्य बाँकी रहेको प्राधिकरणले जनाएको छ। 

त्यसैगरी ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी सञ्चालित परियोजनामध्ये भूकम्पबाट अति प्रभावित आठ जिल्ला (काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, दोलखा, सिन्धुली, रामेछाप र ओखलढुंगा) मा तीव्र गतिको इन्टरनेट पु¥याउनेबारे ७३ गाउँपालिका/नगरपालिकासँग समझदारी–पत्रमा हस्ताक्षर भइसकेको प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए। 

सरकारले भूकम्प प्रभावित आठ जिल्लाका सबै स्थानीय तहका कार्यालय, वडा कार्यालय, सामुदायिक माध्यमिक विद्यालय, स्वास्थ्य संस्थामा क्षमता अभिवृद्धि गर्न सम्पूर्ण आधारभूत विद्यालय गरी करिब ४ हजार २५१ स्थानमा इन्टरनेट जडान गर्ने जनाइएको छ। उक्त निकायमा कम्तीमा २० एमबिपिएस क्षमताको ब्रोडब्यान्ड इन्टरनेट सेवा जडान गरी दुई वर्षसम्म महसुलबापतको रकम उपलब्ध गराउने निर्णय सरकारले गरेको थियो। 

सोहीअनुरुप हालसम्म कुल ७६ मध्ये ७३ गाउँपालिका÷नगरपालिकासँग समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ। साथै, भूकम्पबाट अति प्रभावित आठ जिल्ला र काठमाडौं उपत्यकाबाहेकका ६६ जिल्लाका सम्पूर्ण सामुदायिक आधारभूत विद्यालयमा २० एमबिएस क्षमताको ब्रोडब्यान्ड सेवा जडान तथा सञ्चालन गर्न कार्यक्रम अघि बढाइएको छ। 

भूकम्पबाट अति प्रभाववित आठ जिल्लाका तोकिएका स्थानमा क्षमता अभिवृद्धि गर्ने कार्यक्रमअन्तर्गत हालसम्म ४ करोड १५ लाख ३८ हजार ४७९ (करबाहेक) भुक्तानी गरिएको प्राधिकरणले जनाएको छ।

भूकम्पबाट अति प्रभाववित आठ जिल्ला र काठमाडौं उपत्यकाबाहेकका ६६ जिल्लाका सम्पूर्ण सामुदायिक आधारभूत विद्यालयमा ब्रोडब्यान्ड इन्टरनेट सेवा जडान तथा सञ्चालन गर्ने कार्यअन्तर्गत हालसम्म स्थानीय तहलाई पहिलो चरणको भुक्तानीबापत १२ करोड ८६ लाख ५३ हजार १८२ (करसहित) भुक्तानी गरिएको बताइएको छ।–रासस

प्रकाशित: Dec 14, 2022| 17:40 बुधबार, मंसिर २८, २०७९
प्रतिक्रिया दिनुहोस्