मंगलबार, वैशाख १६, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • जन्मथलो कास्की पुगेका प्रचण्डले भने– अर्को चुनाव यहीँबाट लड्न सक्छु

जन्मथलो कास्की पुगेका प्रचण्डले भने– अर्को चुनाव यहीँबाट लड्न सक्छु

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आउँदो निर्वाचन कास्कीबाट लड्ने संकेत गरेका छन्।
 |  बुधबार, मंसिर २८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २८, २०७९

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आउँदो निर्वाचन कास्कीबाट लड्ने संकेत गरेका छन्। 

बुधबार आफ्नो जन्मथलो कास्कीको अन्नपूर्ण गाउँपालिका–१ स्थित श्री महेन्द्र आधारभूत विद्यालयको हीरक जयन्ती महोत्सव कार्यक्रममा प्रमुख अतिथि हुन पुगेका प्रचण्डले आउँदो निर्वाचन कास्कीबाट लड्न सक्ने बताएका हुन्। उनले आफू अहिलेसम्मका निर्वाचनमा फरक–फरक क्षेत्रबाट चुनाव लडेको भन्दै अर्को पटक कास्कीबाट लड्न सक्ने सुनाए। 

उनले भने, ‘मैले पहिलोपटक काठमाडौं र रोल्पाबाट निर्वाचन लडें। दोस्रोपटक मधेशबाट लडें। त्ययसपछि चितवनबाट लडें। अहिले गोरखाबाट चुनाव जितेर आएको छु। समय भनेजस्तो भयो भने अर्को पटक कास्कीबाट पनि चुनाव लड्न सक्छु।’ 

आफू देशभरि डुलेर निर्वाचनको माहोल बनाएको प्रचण्डले सुनाए। ‘म यस्तो नेता बनेको छु जो यो निर्वाचनमा पूर्वदेखि पश्चिम डुलेर निर्वाचनको माहोल बनाएँ। त्यो सफल पनि भयो,’ प्रचण्डले भने।

प्रकाशित: Dec 14, 2022| 14:59 बुधबार, मंसिर २८, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।