मंगलबार, वैशाख ३०, २०८२

कैलालीमा बाक्लो हुस्सु, चिसो बढ्यो

कैलालीमा बुधबारदेखि हुस्सु लाग्न सुरु भएको छ। बुधबारदेखि बाक्लो हुस्सु लागेसँगै धनगढीसहित जिल्लाभर नै चिसो बढेको छ।
 |  बुधबार, मंसिर २८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २८, २०७९

धनगढी- कैलालीमा बुधबारदेखि हुस्सु लाग्न सुरु भएको छ। बुधबारदेखि बाक्लो हुस्सु लागेसँगै धनगढीसहित जिल्लाभर नै चिसो बढेको छ।

स्वास्थ्यकर्मीले चिसोमा अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन आग्रह गरेका छन्। दमका रोगी, निमोनिया ग्रस्त बिरामीलाई चिसोमा समस्या हुन सक्ने भन्दै सेती प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन कन्सल्टेन्ट डाक्टर शेरबहादुर कमरले यस्तो बेला ती समस्या भएका बिरामीले घरभित्रै बस्नु राम्रो हुने बताएका छन्। बाहिर निस्कनु परे न्यानो लुगा गालगाएर निस्कन उनको सुझाव छ।

मधुमेह रोगलागेका मानिसलाई पनि चिसोमा स्वास्थ्य समस्या आउन सक्ने उनले बताए। यसका साथै बालबालिकालाई रुघा, खोकी लाग्ने र ज्वरो आउन सक्ने हुँदा चिसोबाट बालबालिकालाई बचाउन उनले अभिभावकलाई सुझाव दिए।

प्रयाप्त झोलिलो खानेकुरा खाने र तातो पानीको प्रयोग गर्न सके चिसोको असरबाट बच्न सकिने डाक्टर कमरको सुझाव छ। तातोका लागि भित्र प्रयोग गरिने विद्युतीय सामाग्री वा आगो बाल्दा कोठामा हावा ओहोर दोहोर हुने व्यवस्था मिलाउन उनले आग्रह गरेका छन्। हावा ओहोर-दोहोर नहुँदा अक्सिजनको कमिका कारण पनि स्वास्थ्य समस्या हुन सक्ने उनले बताए।

प्रकाशित: Dec 14, 2022| 10:30 बुधबार, मंसिर २८, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।