शुक्रबार, भदौ ६, २०८२
  • गृहपृष्ठ
  • समाज
  • मोटरसाइकलको ट्यांकीमा राखेको २४ लाखसहित भारतीय नागरिक पक्राउ

मोटरसाइकलको ट्यांकीमा राखेको २४ लाखसहित भारतीय नागरिक पक्राउ

मोटरसाइकलको ट्यांकी भित्र २४ लाख बढी रकम लुकाएर ल्याएको आरोपमा एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ।
 |  मंगलबार, मंसिर २७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २७, २०७९

काठमाडौं- मोटरसाइकलको ट्यांकी भित्र २४ लाख बढी रकम लुकाएर ल्याएको आरोपमा एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ।

धनुषाको विदेह नगरपालिका-९ इटहर्वा स्थित सीमा इलाकाबाट २३ वर्षीय भारतीय नागरिक उमेश कुमारलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो।

उनलाई मंगलबार सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीको टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ।

उनी भारतबाट नेपालतर्फ प्रदेश २-०२–००५ प ५७९८ नम्बरको मोटरसाइकलमा आउँदै थिए। उनले मोटरसाइकलमा पैसा लुकाएर ल्याउँदै गरेको भन्ने विशेष सूचना प्रहरीले पाइसकेको थियो। 

उक्त सूचनाको आधारमा खटिएको टोलीले कुमारको मोटरसाइकल चेक गरेको थियो। च‍ेक गर्दा २४ लाख १७ हजार रुपैयाँ बरामद भएको हो। पक्राउ परेका कुमारमाथि थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय धनुषामा पठाएको छ। बरामद भएको रकम र मोटरसाइकल भन्सार कार्यालय जनकपुरमा बुझाएको डिएसपी थापाले बताए।

प्रकाशित: Dec 13, 2022| 19:14 मंगलबार, मंसिर २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।