शुक्रबार, भदौ ६, २०८२

जिल्ला अस्पतालको एक्स–रे सेवा सुचारु

ओखलढुंगाबाट जनशक्ती झिकाएर एक्स–रे सेवा सुचारु गराइएको जिल्ला अस्पतालका निमित्त प्रमुख डा. चतुरानन्द यादवले बताए।
 |  मंगलबार, मंसिर २७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २७, २०७९

खोटाङ-जिल्ला अस्पताल खोटाङले रेडियोग्राफरको अनुपस्थितिमा बन्द भएको एक्स–रे सेवा सुचारु गराएको छ। रेडियोलोजी शाखामा कार्यरत दुई जना रेडियोग्राफरको अनुपस्थितिमा आइतबारदेखि बन्द भएको एक्स–रे सेवा मंगलबार दिउँसो ३.३० बजेदेखि सुचारु गराएको हो। ओखलढुंगाबाट जनशक्ती झिकाएर एक्स–रे सेवा सुचारु गराइएको जिल्ला अस्पतालका निमित्त प्रमुख डा. चतुरानन्द यादवले बताए। 

दुई जना रेडियोग्राफरमध्ये एक जना बुवाको उपचारका सिलसिलामा भारत गएको र अर्का रेडियोग्राफर पारिवारिक समस्याका कारणले विदामा बसेपछि अस्पतालले २५ मंसिरदेखि २९ मंसिरसम्मका लागि एक्स–रे सेवा बन्द गरिएको सुचना जारी गरेको थियो। एक्स–रे सेवा बन्द भएसँगै चौतर्फी विरोध सुरु भएपछि जिल्ला अस्पतालले बैकल्पीक व्यवस्था गरेर एक्स–रे सेवा सुचारु गराएको हो। 

जिल्ला अस्पतालको एक्स–रे सेवा बन्द भएको जनगुनासो आएपछि सोमबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई र उपमेयर बिसन राईको टोली सोधपुछका लागि जिल्ला अस्पताल पुगेका थिए। जिल्ला अस्पतालमा सरदर दैनिक ६० जनाको एक्सरे हुने गरेको छ। जिल्ला अस्पतालको एक्स–रे सेवा बन्द भएपछि बिरामी अन्यत्र जान वाध्य भएका थिए। एक जना रेडियोग्राफर बुवाको उपचारमा भारत गएपछि १५/२० दिनदेखि एक्लै काम गर्दैआएका रेडियोग्राफर पनि विदामा बसेपछि एक्सरे बन्द हुनपुगेको थियो।

प्रकाशित: Dec 13, 2022| 19:00 मंगलबार, मंसिर २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।