शुक्रबार, भदौ ६, २०८२

विश्वकपका खेलमा दुई करोडको सट्टेबाजी गराउने पक्राउ

कतारमा जारी विश्वकप २०२२ को खेलमा सट्टेबाजी (बेटिङ) गराएको आरोपमा एक एजेन्टलाई प्रहरीले पक्राउ गरेको छ।
 |  मंगलबार, मंसिर २७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २७, २०७९

काठमाडौं- कतारमा जारी विश्वकप २०२२ को खेलमा सट्टेबाजी (बेटिङ) गराएको आरोपमा एक एजेन्टलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा महोत्तरी गाउँपालिका-१ घर भई ललितपुरको सानेपा बस्‍ने २० वर्षीय आदर्श ठाकुर छन्।

विश्वकपलगायत खेलमा प्रयोग हुने रूसी बेटिङ एप वानएक्स बेट मार्फत सट्टाबाजी लगाउन रकम संकलन गर्ने-गराउने एजेन्टहरू सक्रिय रहेको भन्ने सूचना प्रहरीले पाएको थियो। उक्त सूचना पाएपछि प्रहरीले सोमबार उनलाई पक्राउ गरेको हो। 

उनीमाथि मुलुकी अपराध संहिताको दफा १२५ को उपदफा ४ बमोजिम सट्टाबाजी गर्न गराउन नहुने कसुर अन्तर्गत थप अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर ललितपुर पठाएको छ। उनी ८ महिनादेखि सट्टेबाजीका एजेन्टको रूपमा कार्यरत थिए।

उनले रकम संकलन र भुक्तानीको आधारमा कमिसन पाउँथे। त्यसैले उनले डिजिटल वालेट खोल्न विभिन्न व्यक्तिको नेपाली नागरिकता समेत प्रयोग गरी खाता खोलेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। उनले डिजिटल वालेटमार्फत संकलन गर्ने रकम नबिल, सिद्धार्थ र एनआइसी एसिया बैंकम रहेको आफ्नो खातामा राख्थे।

उनले नबिलबाट ६९ लाख ६ हजार ७७०, सिद्धार्थबाट ४५ लाख ५३ हजार ५२३ र एनआइसी एसियाबाट ८८ लाख २४ हजार १५५ गरी जम्मा २ करोड २ लाख ८४  हजार ४४८ रुपैयाँको कारोबार गरेको अनुसन्धानबाट देखिएको छ। प्रहरीले ४८५ वटा विभिन्न सेवाप्रदायकका डिजिटल वालेटको कारोबार समेत रोक्का राखेर अनुसन्धान अघि बढाएको छ।

प्रविधिको दुरूपयोग गरी बेटिङ, ठगी लगायतका अन्य कानुन विपरीतका काम गर्नका लागि व्यक्तिका परिचय पत्रहरूका समेत दुरूपयोग भइरहेको हुँदा आफ्ना कागजातहरू कहिँकतै कसैलाई दिँदा सावधानी अपनाउन र यस्ता गतिविधीहरू थाहा भएमा प्रहरीलाई जानकारी दिन कार्यालयले अनुरोध गरेको छ।

प्रकाशित: Dec 13, 2022| 17:13 मंगलबार, मंसिर २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।