शुक्रबार, भदौ ६, २०८२

समानुपातिक सांसदको त्रुटि सच्याउन एमालेलाई आयोगको पुनः पत्राचार

आयोगले एमालेले बेलुकी ५ बजेभित्र त्रुटि सच्याउन पुनः पत्राचार गरेको हो।
 |  मंगलबार, मंसिर २७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २७, २०७९

काठमाडौं– निर्वाचन आयोगले नेकपा एमालेलाई सांसदको नाममा भएको त्रुटि सच्याउन पुनः पत्राचार गरेको छ। समानुपातिक पुरानै सूचीलाई कायम गर्न सोमबार एमालेले आयोगलाई जवाफ पठाएपछि समावेशी र प्राथमिकताक्रम मिचेर नाम छनोट गर्न नमिल्ने भन्दै आयोगले मंगलबार पुनः साँझ ५ बजेभित्र सच्याउन पत्राचार गरेको हो।

साँझ ५ बजेसम्म समय दिएर पत्र पठाइएको आयोगका एक उच्च अधिकारीले बताए। प्रदेश १ र मधेस प्रदेशमा समावेशी र प्राथमिकता क्रम नमिलेको भन्दै आयोगले सच्याउन एमालेलाई सोमबार ४ बजेसम्मको समय दिए पनि उसले पुरानै सूचीलाई कायम गर्न अयोगलाई पत्राचार गरेको थियो।

एमालेले प्रदेश १ मा आदिवासी जनजाति समूहतर्फको अल्पसंख्यक समूहको प्राथमिकता नम्बर २ मा रहेका उम्मेदवारको नाम सिफारिस नगरी प्राथमिकता नम्बर ३ मा समावेश भएको उम्मेदवारको नाम सिफारिस गरेको थियो। प्राथमिकताक्रम बमोजिम माथिल्लो क्रमको उम्मेदवारको नाम सिफारिस गर्न आयोगले सुझाएको थियो।

यस्तै, मधेस प्रदेशमा एमालेले अल्पसंख्यक समूहबाट न्यूनतम दुई जनाको नाम सिफारिस हुनुपर्नेमा दलले पेस गरेबमोजिम आयोगबाट स्वीकृत भएको अन्तिम बन्दसूचीमा अल्पसंख्यक समूहमा सूचीकृत एक जनाको नाम मात्र सिफारिस गरेको थियो भने अन्तिम बन्दसूचीमा अल्पसंख्यक समूहमा सूचीकृत नभएको उम्मेदवारको नाम अल्पसंख्यक समूहका रूपमा पेस गरेकाले अन्तिम बन्दसूचीमा अल्पसंख्यक समूहको रूपमा सूचीकृत दुई जना उम्मेदवारको नाम सिफारिस गर्न आयोगले सुझाव दिएको थियो।

मधेस प्रदेशमै एमालेले मुस्लिम समूहबाट पहिलो नम्बरमा रहेका उम्मेदवारको नाम सिफारिस गर्नुपर्नेमा प्राथमिकता नम्बर २ को उम्मेदवारको नाम सिफारिस गरेको भन्दै प्राथमिकता नम्बर १ मा रहेका महिला उम्मेदवारको नाम सिफारिस गर्न आयोगले निर्देशन दिएको थियो।

प्रकाशित: Dec 13, 2022| 16:42 मंगलबार, मंसिर २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।
राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।
८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।
राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...
चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...