काठमाडौं– बैंकहरूले पुसमा निक्षेपको ब्याजदर यथावत राख्ने भएका छन्। नेपाल बैंकर्स संघको पदाधिकारी बैठकले ब्याजदर नचलाउने निर्णय गरेको हो।
यसअघि कायम व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम १२.१३३ प्रतिशत, बचतको ९.१३३ प्रतिशत र संस्थागत मुद्दती निक्षेपको १०.१३३ प्रतिशत ब्याजदरले निरन्तरता पाउने भएको हो। रेमिट्यान्स निक्षेपमा भने बचत र मुद्दती दुवैमा न्यूनतम १ प्रतिशत बिन्दुले बढी ब्याजदर दिनुपर्ने प्रावधान छ।
अहिले बैंकिङ प्रणालीमा तरलता सहज हुँदै गए पनि पुसमा आयकरको प्रथम किस्ता भुक्तानी गर्नुपर्छ। पुनर्कर्जा सुविधा नवीकरण नहुने अवस्था र पुसपछि स्थानीय तहको सञ्चित कोषको ५० प्रतिशत मात्रै निक्षेपमा गणना गर्न पाइने प्रावधानका कारण पुसमा निक्षेपको ब्याजदर यथावत राख्ने निर्णय भएको संघले बताएको छ।