शुक्रबार, भदौ ६, २०८२
  • गृहपृष्ठ
  • समाज
  • समानुपातिकको बन्दसूचीमा रहेका बहुविवाहितलाई प्रमाणसहित सर्वोच्च आउन आदेश

समानुपातिकको बन्दसूचीमा रहेका बहुविवाहितलाई प्रमाणसहित सर्वोच्च आउन आदेश

न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले बहुविवाहमा सजाय हुनुपर्ने आधार र कारण पेस गर्न विपक्षीलाई छलफलमा झिकाउने आदेश गरेको हो।
 |  मंगलबार, मंसिर २७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २७, २०७९

काठमाडौं– बहुविवाहको अभियोग लागेका प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिकको सूचीमा रहेका व्यक्तिलाई कारबाही हुनु नपर्ने आधार र कारण भए प्रमाणसहित उपस्थित हुन सर्वोच्च अदालतले आदेश दिएको छ। न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले बहुविवाहमा सजाय हुनुपर्ने आधार र कारण पेस गर्न विपक्षीलाई छलफलमा झिकाउने आदेश गरेको हो।

अधिवक्ता अनन्तराज लुइँटेल, नीतिका ढुंगाना, विशालकुमार उपाध्याय र अभिवक्ता केदार लुइँटेलले बहुविवाहको कसुरदारलाई सांसद बनाउँदा कानुनको शासनको धज्जी उडाउने काम हुने दाबी गर्दै राजनीतिक आपराधिक संलग्नता रोक्न अन्तरिम आदेश जारी गर्न माग गरेका थिए।

निर्वाचन आयोगमा निवेदन दर्ता गराउँदासमेत बहुविवाह गरेका व्यक्तिलाई समानुपातिकको सूचीबाट हटाउने निर्णय नभएको भन्दै अभिवक्ता केदार लुइँटेलले सर्वोच्चमा उत्प्रेषण आदेश माग गर्दै रिट निवेदन दर्ता गराएका हुन् ।

रिट निवेदनमा बहुविवाह गरी समानुपातिकको सूचीमा परेका व्यक्तिविरुद्धमा बहुविवाहको कसुरमा अनुसन्धान गरी कारबाही अघि बढाउन निर्वाचन आयोग, महान्यायाधिवक्ताको कार्यालय र प्रहरी प्रधान कार्यालयको नाममा समेत आदेश माग गरिएको छ। 

मुलुकी अपराध संहिता २०७४ को दफा १७५ मा बहुविवाहलाई कसुरको रुपमा उल्लेख गरिएको छ। कानुनले कसुरदार मानेका व्यक्तिलाई समानुपातिकको सूचीबाट तत्कालै हटाउन र उनीहरूमाथि कानुनबमोजिम कारबाही गर्न रिट निवेदनमा माग गरिएको छ।

प्रकाशित: Dec 13, 2022| 15:51 मंगलबार, मंसिर २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।