मंगलबार, असार २४, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • नारायणगढ–मुग्लिङ सडकमा दैनिक चार घन्टा सवारी आउजाउ रोकिँदै

नारायणगढ–मुग्लिङ सडकमा दैनिक चार घन्टा सवारी आउजाउ रोकिँदै

जिल्ला प्रशासन कार्यालय चितवनमा सम्पन्न सरोकारवालाको बैठकले ५ पुसदेखि एक महिनाका लागि सडक रोकेर काम गर्ने निर्णय गरेको हो।
 |  मंगलबार, मंसिर २७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २७, २०७९

काठमाडौं– नारायणगढ–मुग्लिङ सडक खण्डमा दैनिक चार घन्टा सवारीसाधन रोकिने भएका छन्। सडक खण्डमा पर्ने पुल निर्माणका लागि सवारीसाधन रोकिने भएका हुन्।

मंगलबार जिल्ला प्रशासन कार्यालय चितवनमा सम्पन्न सरोकारवालाको बैठकले ५ पुसदेखि एक महिनाका लागि सडक रोकेर काम गर्ने निर्णय गरेको हो। सडक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म रोकिनेछ। भौगोलिक रुपमा कठिन ठाउँमा रहेका सिमलताल, कालीखोला, तुइन खोला र चिसेन्जी खोला पुल निर्माणका लागि पहाड काट्नेलगायत कामका लागि सवारी आवागमन रोक्न लागिएको हो ।

प्रमुख जिल्ला अधिकारी आसमान तामाङको अध्यक्षतामा भएको बैठकले नारायणगढतर्फबाट जाने यात्रुवाहक बस, मिनीबस, माइक्रो बस, साना सवारीसाधनलाई पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म बिहान ११ बजे रोक्ने निर्णय गरेको छ। यस्तै, मालवाहक ट्रक, लरी, ट्रेलर, ट्रिपर, ट्यांकरलगायतका भारी सवारी साधनलाई भतेरी जंगलदेखि रामनगरसम्म बिहान १०ः५० बजेदेखि रोकिनेछ।

काठमाडौंबाट आउने यात्रुवाहक सवारीलाई मुग्लिन बजारदेखि मनकामना केबुलकार गेटसम्म र पोखरातर्फबाट आउने यात्रुवाहक सवारीसाधनलाई बेनीटारदेखि पावरहाउससम्म बिहान १०ः५५ बजे रोकिनेछ। यस्तै, काठमाडौंबाट आउने मालवाहक सवारीलाई लेबाटार र पोखरातर्फबाट आउनेलाई मालवाहक सवारीलाई आँबुखैरहनीमा बिहान १०ः४५ बजे रोक्ने बैठकले निर्णय गरेको छ।

बैठकले बिहान ११ देखि ३ बजेसम्मको समयमा एम्बुलेन्स, दमकललगायतका अत्यावश्यकीय सवारीलाई अनुकूलता हेरी छोड्ने निर्णय गरेको छ।

प्रकाशित: Dec 13, 2022| 14:20 मंगलबार, मंसिर २७, २०७९
प्रतिक्रिया दिनुहोस्