काठमाडौं- स्ट्याण्डर्ड चार्टर्ड बैंकको साधारण सभा सम्पन्न भएको छ। उक्त सभा आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको हो। सभाले १६ दशमलव ५१ प्रतिशत लाभांश पारित गरेको छ।
आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ। सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७८/७९ को वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ६३ तथा कम्पनी ऐन २०६३ को दफा १११ अनुसार लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिक्षमिक तथा नियुक्तिको शर्त तोक्ने एजेण्डा पारित गरेको छ। सर्वसाधारण शेयरधनीहरुको तर्फबाट बैंकको संचालक समितिमा प्रतिनिधित्व गर्ने एक जना संचालकको निर्वाचन समेत सभाले गरेको छ।
साधारणसभा प्रयोजनका लागि मंसिर ७ गते एक दिन बुक क्लोज गरिसकेको थियो। त्यसकारण मंसिर ५ गतेसम्म कायम शेयरधनीले प्रस्तावित लाभांश पाउने छन्।