मकवानपुर– मकवानपुरको हेटौंडामा तरकारी तथा फलफूल बेच्न निर्माण गरिएको बजार भवनको उद्घाटन गरिएको छ। हेटौंडा उपमहानगर–१ स्थित चौकीटोलमा निर्माण भएको सो तरकारी बजार भवनको उपमहानगरका नगरप्रमुख मीना लामा तथा उपप्रमुख राजेश बानियाँले उद्घाटन गरे। सो तरकारी बजारमा ३३ थोक र १०६ खुद्रा पसल कक्ष निर्माण गरिएको नेपाल फलफूल तथा तरकारी व्यवसायी संघ हेटौंडाले जनाएको छ।
संघ र उपमहानगरको लगानीमा सो बजार निर्माण गरिएको संघका सह–सचिव मनोज साहले जानकारी दिए। बसपार्कमा रहेका १०६ व्यवसायीबाट २ लाख ५० हजार तथा उपमहानगरबाट ३३ लाख गरी कुल ३५ लाख ५० हजारको लागतमा सो बजार भवन निर्माण भएको सहसचिव साहको भनाइ छ। सो अवसरमा नगरप्रमुख लामाले हेटांैडा उपमहानगरलाई व्यवस्थित बनाउन सबैको सहयोगको खाँचो रहेको बताए।–रासस