आइतबार, वैशाख २८, २०८२
  • गृहपृष्ठ
  • समाज
  • हनी ट्र्यापमा पारी पाँच करोड बार्गेनिङ, तीन जना प्रहरी नियन्त्रणमा

हनी ट्र्यापमा पारी पाँच करोड बार्गेनिङ, तीन जना प्रहरी नियन्त्रणमा

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगर-६ दशरथ टोल बस्ने ३५ वर्षकी अनुष्का सिंह भन्ने कृष्णा गहतराज, तुलसीपुर-१८ ग्वारखोला बस्ने ३८ वर्षकी कृष्णाकुमारी बस्नेत र घोराही उपमहानगर-१० नारायणपुर बस्ने २६ वर्षीय जनक भन्ने रुद्रबहादुर केसी रहेका छन्।
 |  सोमबार, मंसिर २६, २०७९

नवीन अभिलाषी

नवीन अभिलाषी

सोमबार, मंसिर २६, २०७९

नेपालगञ्ज- दाङमा फेरी अर्को हनी ट्र्यापको घटना बाहिर आएको छ। जिल्ला प्रहरी कार्यालय दाङले हनी ट्रयापको आरोपमा दुई महिला र एक पुरुष पक्राउ गरेको छ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगर-६ दशरथ टोल बस्ने ३५ वर्षकी अनुष्का सिंह भन्ने कृष्णा गहतराज, तुलसीपुर-१८ ग्वारखोला बस्ने ३८ वर्षकी कृष्णाकुमारी बस्नेत र घोराही उपमहानगर-१० नारायणपुर बस्ने २६ वर्षीय जनक भन्ने रुद्रबहादुर केसी रहेका छन्।

प्रहरीका अनुसार उनीहरूले तुलसीपुरका एक व्यवसायीलाई ब्ल्याक-मेलिङ गरी रकम माग्ने र बलात्कारको मुद्दा हाल्ने भन्दै करोडको बार्गेनिङ गर्दै आएका थिए।

बार्गेनिङ गरेपछि ती व्यवसायीले उनीहरूविरुद्ध प्रहरीमा जाहेरी दिएपछि उनीहरूलाई यही मंसिर १६ गते साँझ करिब ५ बजेतिर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। घोराही उपमहानगर-१६ सर्रास्थित रहेको कविला रिसोर्टबाट उनीहरू पक्राउ परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार विगतमा रहेको व्यक्तिगत सम्बन्ध दुरुपयोग गरी गढवा-६ घर भई हाल तुलसीपुर बस्ने गहतराजले आफन्त साथीहरूको सहयोगबाट बार्गेनिङ गरी केही समयदेखि आर्थिक लाभ लिँदै आएको थिइन् तर पीडित जाहेरवाला आफूलाई पटक पटकको डर धाक धम्की दिँदै आएको र त्यो सहन नसकी प्रहरीमा जाहेरी दिएका थिए।

Metro Mart
worldlink

दाङ प्रहरीका डीएसपी तथा प्रवक्ता राजन गौतमका अनुसार उनीहरीबीचको मोबाइल मेसेज र मेसेन्जरको कुराकानी हेर्दा ५ करोडको बार्गेनिङ गरेको देखिएको र नगद ३० लाख बुझिसकेको बताए। 

प्रहरीका अनुसार घटनाको मतियारको रूपमा पक्राउ परेकी अनुष्कासँग दुई वटा नागरिकता रहेको पनि पाइएको छ।

अनुष्का भनिने कृष्णा गहतराज र एक पुरुषबीचको प्रेम सम्बन्धले यो घटना हुन पुगेको प्रहरी अनुसन्धानबाट देखिएको छ। दुईबीच पुरानो प्रेम सम्बन्ध रहेको र उनीहरुबीच भएको अन्तरंग सम्बन्धले घर जग्गासमेत बार्गेनिङ गर्ने अवस्थामा पुगेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक राजन कुमार गौतमले बताए। 

अनुसन्धानबाट पुरुषको श्रीमतिसहित घर परिवार भएको र कृष्णाको एक पटक डिभोर्स भएको पाइएको छ। पुरुष राम्रै आम्दानी हुने घरपरिवारको भएको हुँदा त्यसको फाइदा उठाउँदै कृष्णाले पटक-पटक आर्थिक लाभ लिदै आइरहेकी थिइन।

तर पछिल्लो पटक धेरै आर्थिक लाभ हुने गरी घर-जग्गा किनिदिन बार्गेनिङ गरेको र घर परिवारमासमेत टर्चर दिन थालेपछि यो घटना प्रहरी कहाँ आइपुगेको प्रहरी नायव उपरीक्षक गौतमले बताए। 

यसअघि यी दुबैबीच थप बार्गेनिङ नगर्ने गरी नेपालगञ्जमा मिलापत्र भएको समेत बुझिएको उनले जानकारी दिए। 

उनीहरूले पीडितबाट ठूलो रकम आपराधिक लाभ लिने उद्देश्यले माग गरिरहेको र उनीहरू उपर आपराधिक लाभ कसुर अन्तर्गत मुद्दा दर्ता भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Dec 12, 2022| 11:11 सोमबार, मंसिर २६, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।