धनुषा- धनुषामा धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या भएको छ। सोमबार बिहान बटेश्वर गाँउपालिका-५, शान्तिपुरकी २८ वर्षीया अमृता यादवको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो।
धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएकी अमृताको उपचारका क्रममा जनकपुरधामस्थित काव्य अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीप क्षेत्रीले जानकारी दिए।
बिहान चार बजेतिर तीन/चार जनाको समूहमा आएका नकावधारी समूहले श्रीमतीमाथि धारिलो हतियार प्रहार गरेको उनका श्रीमान् वीरेन्द्र यादवले प्रहरीलाई बयान दिएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।