शुक्रबार, भदौ ६, २०८२
  • गृहपृष्ठ
  • समाज
  • कञ्चनपुरमा कक्षा ९ मा अध्ययनरत किशोरीमाथि सामूहिक बलात्कार, तीन जना पक्राउ

कञ्चनपुरमा कक्षा ९ मा अध्ययनरत किशोरीमाथि सामूहिक बलात्कार, तीन जना पक्राउ

कञ्चनपुरको बेलौरीमा किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
 |  आइतबार, मंसिर २५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २५, २०७९

कञ्चनपुर- कञ्चनपुरको बेलौरीमा किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

किशोरी र परिवारजनको जाहेरीका आधारमा बेलौरीको भइसोरी बस्ने २० वर्षीय दीपक बोट, ३७ वर्षीय साधुराम राना र ३३ वर्षीय हरिशंकर रानालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूमाथि थप अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक दानसिंह भण्डारीले बताए।

गाउँकै एक सामुदायिक विद्यालयमा कक्षा नौ मा अध्ययनरत १७ वर्षीया ती किशोरीलाई स्वास्थ्य परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको छ। जाहेरीमा नाम उल्लेख गरिएका व्यक्तिहरूसहित थप केही अपरिचित व्यक्तिहरूले समेत पटक-पटक जबरजस्ती करणी गरेको किशोरीको भनाइ छ।

प्रकाशित: Dec 11, 2022| 13:29 आइतबार, मंसिर २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।