काठमाडौं– प्रधानमन्त्री रोजगारी कार्यक्रममा दर्ता हुने बेरोजगारको संख्या बढेको छ। गत वर्षभन्दा यस वर्ष उक्त कार्यक्रममा दर्ता हुने बेरोजगारको संख्या १ लाख ३३ हजार बढेको हो।
गत आर्थिक वर्षको सात महिनामा प्रधानमन्त्री रोजगार कार्यक्रममा ७ लाख ८ हजार २४५ युवा दर्ता भएकामा चालू आवको हालसम्म यो संख्या बढेर ८ लाख ४१ हजार ५०३ पुगेको हो।
प्रधानमन्त्री रोजगार कार्यक्रमका राष्ट्रिय संयोजक एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामचन्द्र ढकालले गत वर्षको तुलनामा चालू आवमा सूचीकृत हुने बेरोजगारको संख्या बढेको बताए।