बुधबार, असार २५, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • कोकाकोलाद्वारा कतारमा रहेका नेपाली कामदारलाई विश्वकप हेर्ने अवसर

कोकाकोलाद्वारा कतारमा रहेका नेपाली कामदारलाई विश्वकप हेर्ने अवसर

आफ्नो परिवारको सुख र खुसीका लागि अवसर खोजीमा विदेशिएका नेपालीको निःस्वार्थपन र अथक प्रयासको सम्मानस्वरुप उक्त पहल लिएको कम्पनीको धारणा छ।
 |  शुक्रबार, मंसिर २३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २३, २०७९

काठमाडौं– कोकाकोला नेपालले विश्वकप २०२२ का लागि कतारमा रंगशाला निर्माणमा काम गरेका नेपाली कामदारमध्ये ७ नेपाली आप्रवासी कामदारलाई रंगशालामै प्रत्यक्ष रूपमा विश्वकप हेर्ने अवसर दिएको छ। आफ्नो परिवारको सुख र खुसीका लागि अवसर खोजीमा विदेशिएका नेपालीको निःस्वार्थपन र अथक प्रयासको सम्मानस्वरुप उक्त पहल लिएको कम्पनीले जनाएको छ।

कोकाकोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने, ‘कोका–कोला धेरै वर्षदेखि फिफा विश्वकपको आधिकारिक प्रायोजक रहेको छ। यस वर्ष विश्वकपका लागि कतारको रंगशाला निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका नेपालीका निम्ति केही गर्न चाहन्थ्यौं। उनीहरूको कडा परिश्रम र त्याग साँच्चै प्रेरणादायी छ। कम्पनीले प्रत्यक्ष फुटबल खेलको अवसर दिएकाले रमाइलो अनुभव लिए होलान् भन्ने विश्वास छ।’

कोकाकोलाले यसअघि दसैं क्याम्पेनमा १४ नेपाली आप्रवासी कामदारलाई कतार–नेपाल दुईतर्फी हवाई टिकटको व्यवस्था गरेको थियो।

प्रकाशित: Dec 09, 2022| 15:55 शुक्रबार, मंसिर २३, २०७९
प्रतिक्रिया दिनुहोस्