बुधबार, असार २५, २०८२

मायाखोला हाइड्रोपावरले खुलायो आईपीओ

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका १० लाख बराबरको १० लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि जारी गर्न लागेको हो।
 |  शुक्रबार, मंसिर २३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २३, २०७९

काठमाडौं– मायाखोला हाइड्रोपावरले शुक्रबारदेखि आयोजना क्षेत्रका स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीलाई आईपीओ खुलाएको छ। कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका १० लाख बराबरको १० लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि जारी गर्न लागेको हो।

यसमध्ये आयोजना अति प्रभावित क्षेत्र चैनपुर नगरपालिका वडा–८ र ९ का स्थानीय, धर्मदेवी नगरपालिकाका वडा–३,४,५ का स्थानीय र मादी नगरपालिकाका वडा–४ र ६ का स्थानीयलाई ६ लाख कित्ता सेयर निष्कासन गरेको छ। प्रभावित क्षेत्रको रूपमा रहेका चैनपुर, धर्मदेवी र मादी नगरपालिकाका माथि उल्लिखित वडाबाहेक अन्य वडाका स्थानीयलाई ४ लाख कित्ता सेयर निष्कासन गरेको छ।  

सार्वजनिक निष्कासन गरिने सेयरको १० प्रतिशत अर्थात् २ लाख ४० हजार कित्ता सेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकमा बिक्री गरिने कम्पनीले बताएको छ। लगानीकर्ताले कम्पनीको आईपीओमा ८ पुससम्म आवेदन दिन सक्नेछन्। उक्त अवधिसम्म मागबमोजिम आवेदन नपरे  २४ पुस २४ सम्म आवेदन दिन सकिनेछ।

स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा गएका नेपालीले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सक्ने कम्पनीले बताएको छ। कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।

प्रकाशित: Dec 09, 2022| 10:57 शुक्रबार, मंसिर २३, २०७९
प्रतिक्रिया दिनुहोस्