बुधबार, असार २५, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १३१ रुपैयाँ ५८ पैसा र बिक्री दर १३२ रुपैयाँ १८ पैसा कायम गरेको छ।
 |  शुक्रबार, मंसिर २३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २३, २०७९

काठमाडौं- नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १३१ रुपैयाँ ५८ पैसा र बिक्री दर १३२ रुपैयाँ १८ पैसा कायम गरेको छ। 

युरो एकको खरिद दर १३८ रुपैयाँ ११ पैसा र बिक्री दर १३८ रुपैयाँ ७४ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १६० रुपैयाँ ०१ पैसा र बिक्री दर १६० रुपैयाँ ८३ पैसा छ। 

यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १३९ रुपैयाँ ६७ पैसा र बिक्री दर १४० रुपैयाँ ३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ४२ पैसा र बिक्री दर ८८ रुपैयाँ ८२ तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ २५ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ ६९ पैसा छ।

जापानी येन १० को खरिद दर ९ रुपैयाँ ६१ पैसा र बिक्री दर ९ रुपैयाँ ६५ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ८७ पैसा र बिक्री दर १८ रुपैयाँ ९६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३४ रुपैयाँ ९९ पैसा र बिक्री दर ३५ रुपैयाँ १५ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ र बिक्री दर ३६ रुपैयाँ १७ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ ९२ पैसा छ भने बिक्री दर ३० रुपैयाँ ०६ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९७ पैसा र बिक्री दर १० रुपैयाँ ०२ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ। - यस्तो छ आजको विनिमय दर

प्रकाशित: Dec 09, 2022| 07:04 शुक्रबार, मंसिर २३, २०७९
प्रतिक्रिया दिनुहोस्