काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको हो।
यससँगै प्रतितोला सुनको मूल्य ९९ हजार ७०० रुपैयाँ र तेजाबी सुनको ९९ हजार २०० रुपैयाँ कायम भएको छ।
हिजो सुनको मूल्य स्थिर रहेको थियो। यो दिन प्रतितोला सुन ९९ हजार ३०० रुपैयाँ र तेजाबी सुन ९८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर १ हजार ३६० रुपैयाँ कायम भएको छ। हिजो मूल्य स्थिर रहँदै चाँदी १ हजार ३५० रुपैयाँमा किनबेच भएको थियो।