बुधबार, असार २५, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • प्रदूषण परीक्षणमा पास नभएका सवारीसाधनलाई १ लाखसम्म जरिमाना

प्रदूषण परीक्षणमा पास नभएका सवारीसाधनलाई १ लाखसम्म जरिमाना

वातावरण विभागले सूचना जारी गरी आगामी १ पुसपछि विभागको परीक्षणमा प्रदूषण जाँचपास हुन नसक्ने सवारीसाधनलाई १ लाखसम्म जरिमाना हुने बताएको हो।
 |  बिहीबार, मंसिर २२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २२, २०७९

काठमाडौं– प्रदूषण परीक्षणबिना सवारीसाधन चलाए १ लाख रुपैयाँसम्म जरिमाना हुने भएको छ। वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले सूचना जारी गरी आगामी १ पुसपछि विभागको परीक्षणमा प्रदूषण जाँचपास हुन नसक्ने सवारीसाधनलाई १ लाखसम्म जरिमाना हुने बताएको हो। 

हाल काठमाडौं उपत्यकाभित्र सञ्चालित सवारीसाधनमा छड्के जाँच गरिँदै आएको विभागको भनाइ छ। तीमध्ये अधिकांश सवारीसाधनले प्रदूषण जाँचपास नगरेको पाइएको थियो। सवारी साधनबाट निस्किने धुँवा परीक्षण गर्दा तोकिएको मापदण्डभन्दा बढी प्रदूषण गरिरहेको पाइएकालाई एक पटकका लागि मर्मत गरी अवस्था दुरुस्त राख्न निर्देशन दिइएको छ।

१ पुसपछि भने नगद जरिमाना गरिने र सवारीको मर्मत गरी तोकिएको मापदण्डको सीमासम्म मात्र प्रदूषण गर्ने बनाई जाँचपास गराएर मात्र सञ्चालन गर्न दिइने विभागको सूचनामा भनिएको छ। विभागले हरियो स्टिकर जारी भएको अवधि बाँकी रहेको अवस्थाका सवारीसाधनमा पनि जुनसुकै बेला छड्के जाँच र कारबाही हुने  बताएको छ।

आफ्नो टोलछिमेकमा कसैले खुला फोहोर जलाउने काम गरिरहेको भए पनि जानकारी दिन विभागले भनेको छ। त्यस्तो जानकारी दिनेको परिचय गोप्य राखिने र खुला रुपमा फोहोर जलाउनेलाई कारबाही गरिने विभागको चेतावनी छ।

प्रकाशित: Dec 08, 2022| 12:04 बिहीबार, मंसिर २२, २०७९
प्रतिक्रिया दिनुहोस्