बुधबार, असार २५, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १३१ रुपैयाँ ६६ पैसा र बिक्री दर १३२ रुपैयाँ २६ पैसा कायम गरेको छ।
 |  बिहीबार, मंसिर २२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २२, २०७९

काठमाडौं- नेपाल राष्ट्र बैंकले बिहीबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १३१ रुपैयाँ ६६ पैसा र बिक्री दर १३२ रुपैयाँ २६ पैसा कायम गरेको छ। 

युरो एकको खरिद दर १३८ रुपैयाँ ०२ पैसा र बिक्री दर १३८ रुपैयाँ ६५ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १५९ रुपैयाँ ८७ पैसा र बिक्री दर १६० रुपैयाँ ६ पैसा छ। 

यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १३९ रुपैयाँ ०९ पैसा र बिक्री दर १४० रुपैयाँ ५४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ९५ पैसा र बिक्री दर ८८ रुपैयाँ ३५ तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ १७ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ ६ पैसा छ।

जापानी येन १० को खरिद दर ९ रुपैयाँ ५८ पैसा र बिक्री दर ९ रुपैयाँ ६२ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ८६ पैसा र बिक्री दर १८ रुपैयाँ ९५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३५ रुपैयाँ ०१ पैसा र बिक्री दर ३५ रुपैयाँ १७ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ०३ पैसा र बिक्री दर ३६ रुपैयाँ २ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ ९४ पैसा छ भने बिक्री दर ३० रुपैयाँ ०८ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९६ पैसा र बिक्री दर १० रुपैयाँ ०१ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ। - यस्तो छ आजको विनिमय दर

प्रकाशित: Dec 08, 2022| 07:29 बिहीबार, मंसिर २२, २०७९
प्रतिक्रिया दिनुहोस्