शनिबार, भदौ ७, २०८२

जबरालाई सर्वोच्च छिर्न प्रहरीले रोक्छ?

महाभियोग निस्कृय भइसकेकाले जबरालाई रोक्न नमिल्ने भए पनि गृह मन्त्रालयको आदेश कुर्दै प्रहरी।
 |  बुधबार, मंसिर २१, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २१, २०७९

काठमाडौं– गत १ फागुनदेखि अन्योलमा रहेको महाभियोग प्रस्ताव छिनोफानो नहुँदै संसद्को आयु सकियो। संसद्को आयु सकिएपछि महाभियोग स्वतः निस्कृय भएको दाबी गर्दै निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले भदौ अन्तिम साता सर्वोच्च अदालत फर्किने प्रयास गरे।

तर नेपाल बार एसोसिएसनले गेटमै उनलाई रोक्ने तयारी ग¥यो। बारकै आग्रहमा सरकारले जबरालाई निवासबाटै निस्किन दिएन। प्रधानन्यायाधीश निवास बालुवाटारमा सुरक्षाकर्मी परिचालन गरी गृहले जबरालाई उतै रोक्यो, जबरा सर्वोच्च फर्किन पाएनन्।

जबराले सोमबार संसद् सचिवालयमा महाभियोग निष्प्रभावी भएको जानकारी गराई पाऊँ भनी निवेदन दिए। मंगलबार सचिवालयले  जबरालाई महाभियोग निस्कृय भएको जानकारीसहितको पत्र पठाएको छ। उक्त पत्र पाएलगत्तै जबराले आजै प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्ने गरी सर्वोच्च फर्किने तयारी गरेका छन्। तर उनी सर्वोच्च जान्छन् वा प्रहरीले बाटैमा रोक्छ भन्ने चासो धेरैको छ। जबरालाई रोक्न बारको आकस्मिक बैठक जारी छ।

प्रहरीले भने महाभियोग निस्कृय भइसकेकाले जबरालाई रोक्न नमिल्ने जानकारी दिएको छ। प्रहरी उच्च स्रोतले जबरालाई रोक्न नमिल्ने बतायो। यद्यपि, गृहको आदेश भने उल्लंघन गर्न नमिल्ने बताउँदै स्रोतले भन्यो, ‘जबरालाई हामी रोक्दैनौं तर सुरक्षा बढाएका छौं।  रोक्ने÷नरोक्ने निर्णय गृहको आदेश के हुन्छ, सोहीअनुसार हुने भयो।’

अघिल्लो वर्ष भदौदेखि नेपाल बार एसोसिएसन र कानुन व्यवसायीले विभिन्न आरोप लगाई जबराको राजीनामा मागेका थिए। ७ कात्तिकपछि कानुन व्यवसायीले देशभरि प्रदर्शन गरे, जसमा न्यायाधीशले पनि साथ दिए। निलम्बित प्रधानन्यायाधीशविरुद्ध कानुन व्यवसायीले लगाएका १७ आरोपमा ४ आरोप थप्दै सत्ता गठबन्धनले १ फागुनमा संसद्मा महाभियोग प्रस्ताव दर्ता गरेको थियो।

प्रकाशित: Dec 07, 2022| 14:34 बुधबार, मंसिर २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।