शनिबार, भदौ ७, २०८२

सर्वोच्च अदालत परिसरमै कानुन व्यवसायीको धर्ना

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्वोच्च अदालत फर्किने तयारी गरेसँगै बार र सर्वोच्च बार एसोसिएसनका पदाधिकारी धर्नामा बसेका हुन्।
 |  बुधबार, मंसिर २१, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २१, २०७९

काठमाडौं–नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनका पदाधिकारीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालत आउन नदिन अदालत परिसरको मूल गेटमा धर्ना दिएका छन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्वोच्च अदालत फर्किने तयारी गरेसँगै बार र सर्वोच्च बार एसोसिएसनका पदाधिकारी धर्नामा बसेका हुन्।

बार अध्यक्ष गोपालकृष्ण घिमिरे, महासचिव अञ्जिता खनाल, सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, बार पूर्व अध्यक्ष चण्डेश्वर श्रेष्ठलगायत पनि धर्नामा छन् ।

संघीय संसद्का महासचिव डा. भरतराज गौतमले बुधबार जबरालाई निलम्बन फुकुवाको पत्र दिएका थिए। गौतमको पत्र पाएसँगै जबराले सर्वोच्च फर्किने तयारी गरेपछि बारमा आबद्ध पदाधिकारी विरोधमा उत्रिएका हुन्।

प्रकाशित: Dec 07, 2022| 14:11 बुधबार, मंसिर २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।