शनिबार, भदौ ७, २०८२

भूमि आयोगमा थप चार हजार बढी निवेदन

जग्गाको स्वामित्व, दर्ता स्रेस्ता, फिल्डबुक प्रमाणितका लागि उक्त संख्यामा कार्यालयमा निवेदन परेका हुन्।
 |  बुधबार, मंसिर २१, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २१, २०७९

चितवन– राष्ट्रिय भूमि आयोग जिल्ला समिति चितवनमा थप ४ हजार ३९४ वटा निवेदन परेका छन्। गत ३१ साउनमा प्रकाशन गरेको सूचनाअनुसार जग्गाको स्वामित्व, दर्ता स्रेस्ता, फिल्डबुक प्रमाणितका लागि उनीहरूले कार्यालयमा निवेदन दिएका हुन्। 

आयोगले साउन पहिलो साता निकालेको सूचनाका आधारमा तीन सय २७ जनाको निवेदन परे पनि दोस्रो पटक निकालेको सूचनामा ४ हजार ६७ जनाले निवेदन बुझाएका हुन्। आयोगको सूचनाअनुसार सरकारले गठन गरेको आयोग, कार्यदल र समितिबाट वितरण गरेका जग्गाको स्वामित्व वा दर्ता स्रेस्ता एवं नक्सा प्रमाणितलगायतका विषयमा समस्या भएकाले निवेदन दिएको आयोगले जनाएको छ।

विगतका आयोगले, समिति कार्यदलका बाँकी काम सम्पन्न गर्नका लागि आवश्यक प्रमाणसहित उनीहरूले निवेदन दिएको कार्यालयकी नायब सुब्बा कल्पनाकुमारी कुँवरले बताइन्।

थपिएका निवेदनसँगै आयोगको जिल्ला कार्यालयमा ८ हजार ५२६ जनाको निवेदन परेको उनको भनाइ छ। आयोगको सुरुआती समय ४ हजार १३२ वटा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको निवेदन परेको थियो।

तीमध्ये अहिलेसम्म १७९ जनाले जग्गाधनी प्रमाणपुर्जा पाइसकेका छन् भने अन्यको प्रक्रियामा रहेको उनले बताइन्। आयोगले अहिले जिल्लाका कालिका नगरपालिका, माडी नगरपालिका र भरतपुर महानगरपालिकामा कामलाई तीव्रता दिएको छ। यसअन्तर्गत माडी नगरपालिकामा ९०० कित्ताको नापनक्सा भइसकेको छ। कालिका नगरपालिकामा ३ हजार ९९४ कित्ता अर्थात् १३ लाख ८१ हजार ६१६.९ वर्गमिटरको नाप नक्साको काम सकिएको छ।

भरतपुर महानगरपालिकामा १७ लाख ७३ हजार ५२९.८६६ वर्गमिटर जग्गाको नाप नक्सा सकिएको कुँवरले बताइन्। अहिले इच्छाकामना र रत्ननगरमा सम्झौताको काम भइरहेको कार्यालयले जनाएको छ। अन्य पालिकामा स्थलगत काम भइरहेको छ।–रासस

प्रकाशित: Dec 07, 2022| 11:17 बुधबार, मंसिर २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।