काठमाडौं- नेपाल राष्ट्र बैंकले बुधबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १३१ रुपैयाँ ८९ पैसा र बिक्री दर १३२ रुपैयाँ ४९ पैसा कायम गरेको छ।
युरो एकको खरिद दर १३८ रुपैयाँ ४४ पैसा र बिक्री दर १३९ रुपैयाँ ०७ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १६० रुपैयाँ ६२ पैसा र बिक्री दर १६१ रुपैयाँ ३५ पैसा छ।
यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १३९ रुपैयाँ ०९ पैसा र बिक्री दर १४० रुपैयाँ ५४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ५९ पैसा र बिक्री दर ८८ रुपैयाँ ९९ तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ०९ पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ ३४ पैसा छ।
जापानी येन १० को खरिद दर ९ रुपैयाँ ६५ पैसा र बिक्री दर ९ रुपैयाँ ७० पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ८६ पैसा र बिक्री दर १८ रुपैयाँ ९५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३५ रुपैयाँ ०८ पैसा र बिक्री दर ३५ रुपैयाँ २४ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ०९ पैसा र बिक्री दर ३६ रुपैयाँ २६ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।
मलेसियन रिंगिट एकको खरिद दर ३० रुपैयाँ ०१ पैसा छ भने बिक्री दर ३० रुपैयाँ १४ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९८ पैसा र बिक्री दर १० रुपैयाँ ०३ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ। - यस्तो छ आजको विनिमय दर