बुधबार, असार २५, २०८२

बेनेलीको शोरुम अब पोखरामा पनि

बेनेली मोटरसाइकलको एक मात्र आधिकारिक वितरक केटिएम इन्टरनेसनल ट्रेडिङ प्रा.लि.ले पोखराको नयाँबजारमा बेनेली मोटरसाइकलको नयाँ एक्सक्लुसिभ शोरुम र सर्भिस सेन्टर खोलेको छ।
 |  मंगलबार, मंसिर २०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २०, २०७९

काठमाडौं- बेनेली मोटरसाइकलको एक मात्र आधिकारिक वितरक केटिएम इन्टरनेसनल ट्रेडिङ प्रा.लि.ले पोखराको नयाँबजारमा बेनेली मोटरसाइकलको नयाँ एक्सक्लुसिभ शोरुम र सर्भिस सेन्टर खोलेको छ। बेनेलीले आफ्ना ग्राहकहरूको पहुँच बढाउन नेपालभर विभिन्न स्थानहरूमा शोरुम खोल्ने क्रममा पोखरामा पनि खोलेको हो।

हाल नेपालमा बिर्तामोड, दमक, विराटनगर, लहान, कल्याणपुर, गोलबजार, जनकपुर, मलंगवा, छपुर, हेटौँडा, सिमरा, वीरगन्ज, चितवन, बुटवल, घोराही, नेपालगन्ज, धनगढी, सुर्खेत, कुपण्डोल, भक्तपुर, गैरीधारा र पोखरा गरी नेपालमा यसका २२ वटा शोरुम छन्।

१८०० वर्गफुटमा निर्माण गरिएको पोखराको शोरुममा ५० वर्गफुट स्पेयर पार्टस् र १५०० वर्गफुट सर्भिस सेन्टरका लागि व्यवस्थापन गरिएको छ। यो शोरुममा ‘थ्रि–एस’ सुविधा सम्पन्न रहेको कम्पनीले जनाएको छ। 

नयाँ शोरुमको उद्घाटनको उपलक्ष्यमा रु. ३० हजार छुट, एक्सचेन्जमा न्यूनतम मूल्यांकन रु. ४० हजार, न्यूनतम डाउन पेमेन्ट रु. ६० हजार र ५० प्रतिशत डाउन पेमेन्टको साथ फाइनान्सिङमा शून्य प्रतिशत ब्याजदर प्रदान गर्ने पनि बेनेलीले जनाएको छ। साथै, विद्यमान ग्राहकहरूका लागि निःशुल्क वाश, श्रम शुल्कमा ५० प्रतिशत छुट र लुब्रिकेन्टमा १५ प्रतिशत छुट समावेश गर्ने सर्भिस क्याम्प सञ्चालन हुनेछ। सन् १९९१ मा स्थापित इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड बेनेलीले प्रिमियम, बिग–बोर, स्पोर्टस् र नेकेड बाइकहरू निर्माण गर्दै आएको छ।


प्रकाशित: Dec 06, 2022| 14:36 मंगलबार, मंसिर २०, २०७९
प्रतिक्रिया दिनुहोस्