बुधबार, असार २५, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • सानिमा बैंकको शैक्षिक कर्जा प्रमाणीकरण क्युआर कोडबाट

सानिमा बैंकको शैक्षिक कर्जा प्रमाणीकरण क्युआर कोडबाट

सानिमा बैंकले क्यूआर कोड समाहित शैक्षिक कर्जा स्वीकृति पत्र प्रयोगमा ल्याएको छ।
 |  मंगलबार, मंसिर २०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २०, २०७९

काठमाडौं- सानिमा बैंकले क्यूआर कोड समाहित शैक्षिक कर्जा स्वीकृति पत्र प्रयोगमा ल्याएको छ।

विदेशी शैक्षिक संस्थामा अध्ययन गर्न जाँदा विद्यार्थीहरुले लिने शैक्षिक कर्जाको प्रमाणीकरण बैंकले विभिन्न निकायहरुमा गर्नुपर्ने हुन्छ। त्यसैले यो प्रकृयालाई सरल र छिटो गर्ने उद्देश्यले क्यूआर कोडसहितको कर्जा स्वीकृति पत्र ल्याइएको बैंकले जनाएको छ। 

हाल कर्जा स्वीकृति पत्रको प्रमाणीकरण विभिन्न निकायहरुबाट पटक पटक फोन वा इमेल मार्फत हुँदै आएकोमा अब उप्रान्त कर्जा स्वीकृति पत्रमा उल्लेखित क्यूआर कोड स्क्यान गरी बैंकको आधिकारिक वेबसाइट मार्फत् विश्वको कुनै पनि स्थानबाट केही क्षणमा नै कर्जा प्रमाणित गर्न सकिनेछ। यो प्रविधिले विद्यार्थीको भिसा प्रक्रिया सरल र छिटो गर्न सहयोग हुने बैंकको दाबी छ।

बैंकका अनुसार सानिमा शैक्षिक कर्जा सबै शाखाहरुबाट उपलब्ध हुनेछ। बैंकले एक विज्ञप्ति जारी गर्दै भनेको छ ‘अधिकतम १ करोडसम्म आकर्षक ब्याजदरमा १५ वर्षसम्मको यस्तो कर्जा प्रदान गरिन्छ।’ बैंकका देशभर १३० वटा कार्यालय र १२३ वटा एटीएम सञ्चालनमा छन्।


प्रकाशित: Dec 06, 2022| 14:35 मंगलबार, मंसिर २०, २०७९
प्रतिक्रिया दिनुहोस्