काठमाडौं- अटोमोबाइल वितरकएमएडब्लू वृद्धि कमर्सियल भेहिकलले नेपालमा थ्री ह्विलर इभीका दुई भेरियन्ट ल्याउन इभी उत्पादक कम्पनी ओमेगा सेकी मोबिलिटी (ओएसएम)सँग औपचारिक सहकार्य गर्ने भएको छ। ओएसएम रेजप्लस एक विद्युतीय तीनपांग्र्रे कार्गो सवारीसाधन हो।
यसमा १०.८ किलोवाट ब्याट्री जडान गरिएको छ। जबकि, ओएसएम स्ट्रिम ८.५ किलोवाट पावरप्याक भएको विद्युतीय तीनपांग्रे यात्रुवाहक सवारीसाधन हो। रेजप्लस र स्ट्रिम दिगो ऊर्जामा चल्ने सवारीसाधनमा आकर्षित हुँदै गरेका उद्यमीहरू र साना व्यवसाय गर्ने अपरेटरहरूका लागि उत्तम समाधान हो।
हल्का वजनको रेजप्लस र स्ट्रिमको तौल ब्याट्रीसहित ६ सय केजी छ भने गाडीको कुल वजन हजार किलो छ। यात्रामा सहजताका लागि गाडीले कम रोलिङ प्रतिरोधी १० इन्चको टायर प्रयोग गर्छ। यति मात्र नभई, दुवै सवारीसाधनको न्यूनतम ग्राउन्ड क्लियरेन्स एक सय ७५ एमएम छ।