काठमाडौं- गल्फ लुब्रिकेन्टका उत्पादक एवं वितरक नेपाल ल्युब आयल लिमिटेडले चन्द्रपुरमा आफ्नो आधिकारक बिक्रेता जैसवाल त्रेदिंग कन्सर्न, नारायणघाटमा आशिर्वाद अटो ट्रेडिंग र हेटौंडामा आफ्नो आधिकारक बिक्रेता दिव्या बिजनेस कन्सर्नको नयाँ शोरुम उदघाटन गरेको छ।
ग्राहकलाई उच्च सेवा प्रधान गर्न र नेपालकै सर्वाधिक बिक्री हुने गल्फ लुब्रिकेन्ट सजिलै उपलब्ध गराउने उद्देश्यकासाथ नयाँ शोरुमहरु सञ्चालनमा आएको कम्पनीले जनाएको छ।
सो शोरुमहरको उदघाटन नेपाल ल्युब आयल लिमिटेडका कार्यकारी निर्देशक करण चौधरीले गरेका हुन्। समारोहमा बोल्दै करण चौधरी भने, ‘गल्फ एक विश्व प्रसिद्ध लुब्रिकेन्ट ब्रान्ड हो र यो नेपालकै सबैभन्दा धेरै बिक्री हुने ब्रान्ड पनि हो। उत्कृष्ट परफरमेन्स र अनम्याच्ड क्वालिटिका कारण गल्फ लुब्रिकेन्ट नेपाली ग्राहकहरुको माझ निकै लोकप्रिय र विश्वसनीय बनेको हो।’
नेपाल ल्युब आयल लिमिटेडका महाप्रबन्धक गंगा राज भट्टराइका अनुसार, ‘यो नयाँ उच्चस्तरीय शोरुम हरुबाट हामीले सबै गल्फ ब्रान्डको उत्पादकहरु ग्राहक माज उपलब्ध गराउने छौं र ग्राहकले पनि उच्चस्तरीय लुब्रिकेन्त प्रयोग गर्न पाउनेछन्। गल्फले पहिलेदेखि नै सबैभन्दा ठूलो शोरुमहरुको नेटवर्क सञ्चालन गर्दै आएको छ र हामीले आगामी दिनहरूमा नेपालभर थप शोरुमहरू खोल्दैछौँ जसबाट देशका कुनाकुनामा रहेका सबै ग्राहकले गल्फ लुब्रिकेन्टको फाइदा पाउन सक्नुहुनेछ।’ फ्युल रिटेल र लुब्रिकेन्टको क्षत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभदेखि इन्डष्ट्रियल सेक्टर सम्मका उत्पादन उपलब्ध गराउँछ।