बुधबार, असार २५, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • मेटलाइफ नेपालको २१ औं वार्षिकोत्सवमा बिमा सचेतना कार्यक्रम

मेटलाइफ नेपालको २१ औं वार्षिकोत्सवमा बिमा सचेतना कार्यक्रम

मेटलाइफ नेपालले बीमा सचेतना वाकाथनको आयोजना गरेको छ।
 |  मंगलबार, मंसिर २०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २०, २०७९

काठमाडौं- मेटलाइफ नेपालले बीमा सचेतना वाकाथनको आयोजना गरेको छ। आफ्नो २१ औं वार्षिकोत्सवको अवसरमा कम्पनीले ललितपुरमा सचेतना वाकाथनको आयोजना गरेको हो। शनिबार भएको ४.५ किलोमिटरको वाकाथनमा मेटलाइफका ३ सयभन्दा बढी कर्मचारी र बीमा अभिकर्ताहरुले सहभागिता जनाएका थिए।

कार्यक्रमको मुख्य उद्देश्य सुरक्षित भविष्यको विकासका लागि समाजमा बीमा सचेतना फैलाउनु थियो। मेटलाइफका सञ्चालन प्रमुख देवकिशोर लालले कार्यक्रमको औपचारिक उद्घाटन गर्दै देशको ६० प्रतिशतभन्दा बढी जनसंख्या बीमाको दायरामा नआएकाले बीमा बारे जानकारी प्रदान गर्न महत्वपूर्ण रहेको बताए।

५ डिसेम्बर २००१ मा आफ्नो सञ्चालन सुरु गरेको मेटलाइफले हालै १० लाखभन्दा बढी मानिसहरूलाई जीवन वीमाद्वारा सुरक्षा प्रदान गर्दै आएको छ। मेटलाइफले ३ अर्ब १६ करोड रूपैयाँभन्दा बढी दावी भुक्तानी गरेको छ। कम्पनीले ४५ हजारभन्दा बढी जनशक्ति विस्तार गरेको छ।

यसका साथसाथै, मेटलाइफले डिजिटलाइज्ड सेवाहरू, अद्वितीय बीमा समाधानहरू र क्यारियर विकास अवसरहरूमार्फत प्रतिभा वृद्धिलाई बढावा दिएर नेपालमा बीमा क्षेत्रको विकासमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।

मेटलाइफको सहायक कम्पनीको रुपमा संयुक्त राज्य अमेरिकामा दर्ता भएको अमेरिकन लाइफ इन्स्योरेन्सको शाखाको रुपमा मेटलाइफ सन् २००१ देखि नेपालमा सञ्चालनमा आएको हो। नेपालमा मेटलाइफले उपभोक्ता तथा व्यवसायहरुलाई जीवन बीमा, दूर्घटना तथा स्वास्थ्य बीमा र कर्मचारी लाभ (समूह बीमा) जस्ता सुविधाहरु प्रदान गरिरहेको छ। 


प्रकाशित: Dec 06, 2022| 14:29 मंगलबार, मंसिर २०, २०७९
प्रतिक्रिया दिनुहोस्