बुधबार, असार २५, २०८२

प्रभु क्यापिटलका निःशुल्क डिम्याट खाता

प्रभु क्यापिटलले १ वर्षका लागि निःशुल्क डिम्याट खाता र मेरो शेयर प्रदान गर्ने भएको छ।
 |  मंगलबार, मंसिर २०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २०, २०७९

काठमाडौं- प्रभु क्यापिटलले १ वर्षका लागि निःशुल्क डिम्याट खाता र मेरो शेयर प्रदान गर्ने भएको छ। नेपाल सरकारको सम्बन्धित निकायबाट स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका तथा बिदेशमा जान लागेका व्यक्ति तथा निजका परिवारजनहरुका लागि प्रभु क्यापिटलले १ वर्षका लागि निःशुल्क डिम्याट खाता र मेरो शेयर प्रदान गर्ने उदेश्यले रेमिटान्स डिम्याट खाता सञ्चालनमा ल्याएको हो।

नेपाल धितोपत्रबोर्डले आगामी दिनमा कम्पनीहरुले आईपीओ जारी गर्दा निष्काशित शेयरको दश प्रतिशत शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपाली नागरिकका लागि छुटयाई बाडँफाँड गर्नुपर्ने प्रावधान जारी गरेकोले क्यापिटलले निकायको सोही उदेश्यलाई सघाउ पुरयाउन यो योजना ल्याएको जनाएको छ।

श्रम स्वीकृती लिई विदेश रोजगारमा रहेका तथा जान लागेका व्यक्तिहरुको देशप्रतिको योगदानलाई सम्मान गर्दै सोही आरक्षित शेयरमा उनीहरुको सरल र सुलभ पहुँच होस भनी देशलाई रेमिटयान्समा उल्लेखनीय योगदान गरेकोमा देशलाई योगदान, प्रभु क्यापिटलको सम्मान भन्ने स्लोगन सहित क्यापिटलले यो निःशुल्क डिम्याट स्किम सञ्चालनमा ल्याएको हो।

क्यापिटलका अनुसार सो योजनामा डिम्याट आवेदन समावेश हुनका लागि ग्राहकहरुले वैदेशिक रोजगारीको लागि सम्बन्धित निकायबाट स्वीकृति प्राप्त भएको प्रमाण संलग्न गर्नुपर्नेछ भने परिवारजनको हकमा डिम्याट आवेदन भर्दा नाता प्रमाणित कागजात आवश्यक हुनेछ।

यस योजनामा देश वा विदेशमा श्रम स्वीकृती लिई कार्यरत रहेका तथा जान लागेको नेपालीहरुले संसारको जुनै ठाउँबाट पनि बिना कुनै झन्झट आफू र आफ्ना परिवारको लागि निःशुल्क डिम्याट खाता खोली लाभन्वित हुन सक्नेछन्। यस योजनामा देश वा विदेशमा रहने नेपालीहरुले स्वयम् उपस्थित रहेर खाता खोल्नुका साथै वेबसाइटतथा मोबाइल एपबाटै अनलाईन एप्लाइ गरी भिडियो केवाइसि सहितको डिम्याट खाताआफू रहेको ठाउँबाटै खोल्न सक्नेछन्।

प्रकाशित: Dec 06, 2022| 14:27 मंगलबार, मंसिर २०, २०७९
प्रतिक्रिया दिनुहोस्