काठमाडौं- नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा ६ सयले घटेको छ।
आज छापावाल सुनको मूल्य ९९ हजार ३ सय, तेजावी सुनका मूल्य ९८ हजार ८ सय र चाँदीको मूल्य प्रतितोला १३ सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
सोमबार छापावाल सुनको मूल्य ९९ हजार ९ सय र तेजावी सुनको मूल्य ९९ हजार ४ सयमा कारोबार भएको थियो। यस्तै आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेको छ।
आज चाँदीको मूल्य १३ सय ८५ रुपैयाँमा कारोबार भएको भइरहेको महाशाखाको भनाइ छ।