बुधबार, असार २५, २०८२

८ पालिकाले अझै ल्याएनन् बजेट

मधेस प्रदेशअन्तर्गतका ७ पालिका र लुम्बिनी प्रदेशको एउटा पालिकाले हालसम्म चालू आर्थिक वर्ष २०७९÷८० को वार्षिक बजेट ल्याउन नसकेका हुन्।
 |  सोमबार, मंसिर १९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १९, २०७९

काठमाडौं– ७५३ स्थानीय तहमध्ये ८ वटा पालिकाले हालसम्म बजेट नल्याएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बताएको छ। मधेस प्रदेशअन्तर्गतका ७ पालिका र लुम्बिनी प्रदेशको एउटा पालिकाले हालसम्म चालू आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेट ल्याउन नसकेका हुन्। 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार मधेस प्रदेशका औरही गाउँपालिका र कर्जन्हा नगरपालिका, सिराहा, नगराइन नगरपालिका र कमला नगरपालिका, धनुषा, विष्णु गाउँपालिका, सर्लाही, बौधीमाई नगरपालिका, रौतहट र यमुनामाई गाउँपालिका, रौतहटले हालसम्म वार्षिक बजेट पेस गरेका छैनन्।

लुम्बिनी प्रदेशको नरैनापुर गाउँपालिका बाँकेले समेत चालू आर्थिक वर्षको वार्षिक बजेट हालसम्म ल्याउन नसकेको मन्त्रालयले बताएको छ। अन्य ५ प्रदेशबाट भने सबै स्थानीय तहले  बजेट ल्याइसकेका छन्। संविधानअनुसार १० असारभित्रै स्थानीय तहले आफ्नो वार्षिक आय व्ययसहितको बजेट नगर वा पालिका सभामार्फत पेस गर्नुपर्ने कानुनी व्यवस्था छ।

प्रकाशित: Dec 05, 2022| 16:54 सोमबार, मंसिर १९, २०७९
प्रतिक्रिया दिनुहोस्