बुधबार, असार २५, २०८२

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट

परिसूचक २४.४६ अंकले घटेर १ हजार ९३८.७६ अंकमा कायम भएको हो।
 |  सोमबार, मंसिर १९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १९, २०७९

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सोमबार दोहोरो अंकको गिरावट आएको छ। परिसूचक २४.४६ अंकले घटेर १ हजार ९३८.७६ अंकमा कायम भएको हो।

सोमबार २४० कम्पनीको ४१ लाख २७ हजार २८६ कित्ता सेयर २६ हजार ४७५ पटक खरिद बिक्री हुँदा १ अर्ब ६७ करोड ४ लाख ५५ हजार बराबरको कारोबार भएको छ। 

आजको कारोबारमा १४ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १८१ वटा कम्पनीको सेयर मूल्य घटेको छ। त्यस्तै, सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै जीवन बिमा समूहको उपसूचक १३५.९२ अंकले घटेको छ भने उत्पादन समूहको उपसूचक १२३.४७ अंकले घटेको छ। 

बैंकिङ समूह ९.७८, विकास बैंक समूह ५३.२१, वित्त समूह ३७.७५, होटल तथा पर्यटन समूह ३५.७४ र जलविद्युत् समूह ३५.०३ अंकले घटेको नेप्सेले जनाएको छ। लघुवित्त समूह ५८.५७, निर्जीवन बिमा समूह ९१.९५, व्यापार समूह २६.२९, लगानी समूह ०.६९ र अन्य समूह २८.२७ अंकले घटेको छ।

प्रकाशित: Dec 05, 2022| 16:26 सोमबार, मंसिर १९, २०७९
प्रतिक्रिया दिनुहोस्