काठमाडौं- सुनको मूल्य तोलाको एक लाख नजिक पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४ सय रुपियाँ बढेको हो।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९९ हजार ९ सय रुपियाँ र तेजाबी सुन प्रतितोला ९९ हजार ४ सय रुपियाँमा कारोबार भइरहेको छ।
त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य १५ रुपैयाँले बढेर आज प्रतितोला १ हजार ३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।