आइतबार, भदौ ८, २०८२

वास्तविक सुकुम्बासी पहिचान गर्न बन्यो समिति

सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक प्रकीर्ण तुलाधरको संयोजकत्वमा समिति गठन भएको हो।
 |  सोमबार, मंसिर १९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १९, २०७९

काठमाडौं– मुलुकभर देखिएको सुकुम्बासी समस्याको दीर्घकालीन समाधानका लागि वास्तविक सुकुम्बासीको पहिचान तथा अन्य निकायसँग समन्वय गर्न सहरी विकास मन्त्रालयले समिति गठन गरी अध्ययन थालेको छ। सहरी विकासमन्त्री मेटमणि चौधरीको अध्यक्षतामा बसेको बैठकले समिति गठन गर्ने निर्णय गरेको हो। 

सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक प्रकीर्ण तुलाधरको संयोजकत्वमा समिति गठन गरिएको मन्त्रालयका सहसचिव तथ प्रवक्ता प्रदीप परियारले बताए। समितिका सदस्यमा काठमाडौं उपत्यका विकास प्राधिकरणका सीडीई तथा बाहिरी चक्रपथ विकास आयोजनाका प्रमुख जगदीश लामिछाने, काठमाडौं महानगरका प्रतिनिधि, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका इन्जिनियर कमल अर्याल र सहरी विकास मन्त्रालयका उपसचिव जीवनराज सेढाईं रहेका छन्।

बैठकले आफ्नो क्षेत्राधिकारभित्रको कार्यलाई सरोकारवाला सबै निकायले प्राथमिकतासाथ तत्काल कारबाही अगाडि बढाउने, सुकुम्बासी राख्न बनाइएका संरचनालाई मर्मतसम्भार गर्नुपर्ने भए तत्काल मर्मत गरी बस्न योग्य बनाउने, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले आफ्ना कार्य अगाडि बढाउन सम्बन्धित पक्षसँग समन्वय गर्नेलगायतका निर्णय गरेको हो।

समितिले विशेषगरी वास्तविक सुकुम्बासी तथा सहरी गरिबको पहिचान र तिनको बसोबासका लागि काठमाडौंको नागार्जुन नगरपालिकामा निर्माण गरिएका भवनमा प्रतिस्थापन तथा व्यवस्थापनका लागि राज्यका सम्बन्धित निकायसँग समन्वयकारी भूमिका निर्वाह गर्ने प्रवक्ता परियारले बताए।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले बागमती नदी, सहायक नदी तथा उपसहायक नदीको कोरिडोर खाली गर्ने सन्दर्भमा सुकुम्बासी व्यवस्थापनको समस्या सडकसम्म पुगेपछि मन्त्री चौधरीले सुकुम्बासीका मुद्दा सदाका लागि समाधान गर्ने गरी समिति गठन गरिएको जानकारी दिए।

प्रकाशित: Dec 05, 2022| 11:01 सोमबार, मंसिर १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।