काठमाडौं- प्रतिनिधिसभातर्फ दोलखाको मतगणना रोचक बन्दै गएको छ।
लामाबगर र भुषाफेदाको मतगणना सकिँदा माओवादी केन्द्रका गंगा कार्कीले फेरि अग्रता लिएका छन्।
पछिल्लो परिणामअनुसार कार्कीले १ हजार १९५ मत अन्तरले अग्रता लिएका हुन्।
कार्कीले ३५,७९० मत पाएका छन्। नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले ३४,५९५ मतका साथ कार्कीलाई पछ्याइरहेका छन्।