काठमाडौं- मंसिर ४ गते सम्पन्न भएको प्रदेश तथा प्रतिनिधि सभाको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोगका अनुसार अहिलेसम्म १ करोड ४ लाख २० हजार मतगणना भएको छ।
जसमा २७ लाख ८८ हजार मत ल्याउँदै नेकपा एमाले पहिलो स्थानमा छ। यस्तै २६ लाख ६० हजार मतसहित कांग्रेस दोस्रो स्थानमा रहेको छ। तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले ११ लाख ६२ हजार मत प्राप्त गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार मत प्राप्त गरेको छ। राप्रपाले ५ लाख ८६ हजार र जसपाले ४ लाख २० हजार मत पाएका छन्। जनमत पार्टीले समानुपातिकमा ३ लाख ९४ हजार मत ल्याएको छ।
यस्तै राष्ट्रिय दल बन्न संघर्षरत नेकपा एकीकृत समाजवादी पार्टीले २ लाख ९४ हजार र नागरिक उन्मुक्ति पार्टीले २ लाख ७१ हजार मत ल्याएका छन्।