आइतबार, भदौ ८, २०८२

कति छ काठमाडौं उपत्यकाको बिहानी तापक्रम?

काठमाडौंमा आज बिहान पौने ६ बजेको तापक्रम ८ डिग्री सेल्सियस रहेको छ।
 |  सोमबार, मंसिर १९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १९, २०७९

काठमाडौं- काठमाडौंमा आज बिहान पौने ६ बजेको तापक्रम ८ डिग्री सेल्सियस रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका कुनै पनि भूभागमा हिमपात तथा वर्षाको सम्भावना छैन। तर पनि चिसो बढ्दै गएको छ। 

बिहानी तापक्रम ८ डिग्री भए पनि दिउँसो बढेर १९–२० डिग्री सेलिसयससम्म पुग्ने मौसमविद् वरुण पौडेल बताए।

चिसो बढ्दै गएकाले बिहान र बेलुकाको समयमा सिचोबाट बच्न सतर्कता अपनाउनु पर्ने उनी बताउँछन्।

तराईका केही भूभागमा हुस्सु र कुहिरो लागेको छ। घाम लागेसँगै हट्दै जाने बरुण बताउँछन्। काठमाडौंमा हवाई उडान तथा अवतरणमा समस्या हुने गरी तुवाँलो लागेको छैन। 

यसैबीच, प्रदेश-१ को पहाडी भूभागमा तथा उच्च पहाडी र हिमाली भूभागमा आज बिहान हांशिक बदली रहेको छ। अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ।        

आज दिउँसो प्रदेश-१, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका भूभागमा आंशिक बदली रही बाँकी  भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

आज राति प्रदेश-१ र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी  भूभागमा मौसम सामान्यतया सफा रहनेछ। 

प्रकाशित: Dec 05, 2022| 06:41 सोमबार, मंसिर १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।