काठमाडौं– माल्टामा बसोबास गरिरहेका नेपालीहरूलाई परेको आपतविपतमा सहारा बन्ने उद्देश्यका साथ हालै नेपाल माल्टा च्यारिटी अर्गनाइजेसन नामक परोपकारी संस्था गठन गरिएको छ। भैपरि आउने विविध समस्या समाधान गर्नको लागि ‘हेल्प द नेप्लिज पिपल्स इन माल्टा भन्ने मुख्य नारा लिएर नेपाल माल्टा च्यारिटी अर्गनाइजेसन गठन भएको हो।
एनआरएनए माल्टाका निवर्तमान उपाध्यक्ष एवं व्यवसायी प्रकाश भण्डारीको संयोजकत्वतमा गठन गरिएको संस्थाको उपसंयोजकमा रेमलाल खनाल, जिके शर्मा, प्रकाश थापा, उपेन गिरी, शर्मिला बस्नेत, शुभाष तिमल्सिना, रिना कार्की, प्रेम बहादुर लिम्बु र मधु गुरुङ रहेका छन् भने सदस्यहरूमा हरिप्रकाश विश्वकर्मा, राजेन्द्र भण्डारी, टिका प्रसाद श्रेष्ठ, तेज माझी,
गंगा बहादुर पुन, उदय श्रेष्ठ, सन्जिव पौडेल, रोशन सिजापती, अम्वर बिस्ट, राजेन्द्र बिस्ट, राजेश पंगेनी, शंखर खत्री, भगवान थापा, हरि पौडेल, सचिन श्रेष्ठ र लोकराज पौडेल रहेका छन्।
माल्टामा विभिन्न तबरले पुगी बसोबास गरेका जुनसुकै पेशा व्यवसायमा आवद्ध नेपालीहरूलाई समस्यामा परे सक्दो सहयोग गर्ने मुख्य उद्देश्यले संस्था स्थापना गरिएको संयोजक भण्डारीले जानकारी दिए।