मंगलबार, वैशाख १६, २०८२

संरचना नबन्दै दाङमा कार्यालय नसार्न एमाले र कांग्रेसको माग

स्थायी राजधानी दाङमा संरचना नबन्दै बुटवलबाट मन्त्रालय सार्न लागेको भन्दै नेपाली कांग्रेस र एमालेले विरोध गरेका छन्।
 |  आइतबार, मंसिर १८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १८, २०७९

बुटवल– स्थायी राजधानी दाङमा संरचना नबन्दै बुटवलबाट मन्त्रालय सार्न लागेको भन्दै नेपाली कांग्रेस र एमालेले विरोध गरेका छन्। आइतबार नेपाली कांग्रेस रूपन्देही र नेकपा एमालेले छुटाछुट्टै विज्ञप्ति जारी गर्दै तत्काल मन्त्रालय सार्न खोजेको भन्दै विरोध गरेका हुन्।  

एमालेका रुपन्देही अध्यक्ष तेजेन्द्र केसीले विज्ञप्ति जारी गरेर लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवलबाट हतारमा सार्ने प्रदेश सरकारको निर्णय र सक्रियताप्रति ध्यानाकर्षण भएको जनाएका छन्। ‘अस्थायी मुकाम बुटवलमा सुविधा सम्पन्न कार्यालयहरुका अतिरिक्त संसद् भवन र कर्मचारीको आवास समेत व्यवस्थित रहेको सर्वविदितै छ। राजधानी तोकिएको स्थानमा कुनै किसिमको भौतिक पूर्वाधार समेत नभएको स्थानमा जवरजस्ती लैजान खोज्नु गलत कदम भएको हुँदा हतार नगर्न हामी जोडदार माग गर्दछौं,’ अध्यक्ष केसीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ।

मंसिर–४ मा सम्पन्न निर्वाचनबाट निर्वाचित नयाँ संसद् र सरकारले मात्रै काम अगाडि बढाउन सक्ने बताउँदे विज्ञप्तिमा वर्तमान कामचलाउ सरकारले सस्तो लोकप्रियताका लागि मन्त्रालय सार्ने काम भएको आरोप लगाइएको छ। एमाले रुपन्देहीले उक्त कार्यलाई तुरुन्त रोकी आगामी नयाँ सरकार र संसदको अधिकार क्षेत्रमा समेत हस्तक्षेप नगर्न जोडदार माग गरेको छ। प्रदेश सरकारले तोकेको भौतिक पूर्वाधार निर्माणको कार्यलाई सम्पन्न गरे पश्चात मात्र यसतर्फ ध्यान केन्द्रित गर्न अपिल गरेको छ।

त्यस्तै नेपाली कांग्रेस रुपन्देहीले स्थायी पूर्वाधारहरु बनेपछि मात्र मन्त्रालयहरु सार्न ध्यानाकर्षण गराएको छ। कांग्रेसले मन्त्रालय सार्ने जिम्मा संरचनाहरु निर्माण भएपछि नयाँ बन्ने सरकारलाई दिनुपर्ने माग गरेको छ। नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले विज्ञप्ति जारी गर्दै प्रदेशसभाको नियमित काम गर्न समेत संरचना निर्माण नभएको अवस्थामा हतारमा राजधानी सार्दा दैनिक कामकाजमा पर्न सक्ने असरतर्फ पनि प्रदेश सरकार सचेत हुनुपर्ने उल्लेख गरेका छन्।

‘तत्काल सार्वभौम प्रदेशसभाको निर्णय कार्यान्वयन गर्दा प्रदेश सरकार, संसद्, विषयगत समिति लगायतका संरचनाको नियमित सञ्चालन र व्यवस्थान गर्नका साथै प्रदेश सभा र सरकार सँगै जाने सभासद र कर्मचारीको आवासका लागि पर्याप्त पूर्वाधार नभएको स्थानमा जवरजस्ती लैजानु प्रदेश सभा तथा प्रदेश सरकारको सेवा प्रवाहमा समेत प्रतिकूल असर पर्ने देखिएकोले तत्काल मुकाम सार्ने प्रक्रिया रोकी भौतिक संरचना निमार्णमा ध्यान दिन र नवनिर्वाचित प्रदेश सभाबाट बन्ने नयाँ सरकारलाई सोको कार्यभार सुम्पन आह्वान गर्दछौ,’ सभापति खाणद्वा जारी ज्ञिप्तीमा भनिएको छ ।

Metro Mart
worldlink

प्रदेशको मुकाम कहाँ राख्ने र सार्ने भन्दा बढी प्राथमिकता प्रदेश सरकारले प्रदेशबासीको दैनिकीसँग जोडिने गरी कानुुन निर्माणमा ध्यान दिन पनि कांग्रेसले आग्रह गरेको छ। हालै सम्पन्न निर्वाचनको अभिमतलाई दृष्टिगत गर्दै प्रदेश मुकाम जहाँ छ त्यहीँबाट चुस्त रुपमा सेवा सञ्चालन गर्न समेत कांग्रेस रुपन्देहीले माग गरेको छ। 

स्थायी राजधानी देऊखुरीमा प्रयाप्त संरचना तयार नहुँदै मन्त्रालय सार्दा समस्या हुने बताउँदै कर्मचारीहरुले सामूहिक रुपमा लुम्बिनी प्रदेशका मुख्य सचिवमार्फत मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन्।

प्रकाशित: Dec 04, 2022| 14:01 आइतबार, मंसिर १८, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।