सिन्धुपाल्चोक- सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-८ पत्राबाट पाँच किलो गाँजासहित दुई वटा मोटरसाइकल बरामद गरिएको छ।
शनिबार राति प्रहरी चौकी क्यानेश्वरबाट खटिएको टोलीलाई देख्नासाथ सिन्धुलीबाट मकवानपुरतर्फ आउँदै गरेको ना२३प ८७८३ र प्र. ३-०१७ प ७५६१ नम्बरको मोटरसाइकलमा सवार चार जना मोटरसाइकल छोडेर फरार भएका थिए ।
उक्त मोटरसाइकल चेकजाँज गर्ने क्रममा गाँजा फेला परेको प्रहरीले जनाएको छ। फरार व्यक्तिहरूको खोजी गरिरहेको पनि प्रहरीले बताएको छ।